Logo
×
मङ्गलबार, कार्तिक ११, २०८३
मङ्गलबार, कार्तिक ११, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

गोरखाको धार्चे गाउँपालिकामा भेटिएको घाइते घोरलको उद्धार

१२ जेठ, गोरखा । गोरखाको धार्चे गाउँपालिका वडा नम्वर ३ मा घाइते अवस्थामा भेटिएको घोरलको उद्धार गरिएको छ । बिहीवार उद्धार भएको उक्त घोरललाई सव डिभिजन वन कार्यालय माछाखोलामा राखेर उपचार भइरहेको डिभिजन वन कार्यालय गोरखाले जनाएको छ ।

Advertisement

केही दिनअघि मात्र कार्यालयले बिभिन्न ठाउँबाट घाइते वन्यजन्तुको उद्धार गरेको थियो । शहिद लखन गाउँपालिका–३ बनौती पाखा सामुदायिक वनबाट बयस्क पोथी मयुर, पालुङटार नगरपालिका–२ ढलेबरबाट वयस्क रतुवा मृग र गोरखा नगरपालिका–७ हिलेपोखरीबाट चरी बाघको उद्धार गरिएको कार्यालयका सूचना अधिकारी महेश पौडेलले बताए ।

चरी बाघ र मयुरको उपचार पश्चात प्रकृती संरक्षण कोष चितवनमा पठाइएको र रतुवा मृगको भने कार्यालयमा उपचार भइरहेको उनले जानकारी दिए । मृत अवस्थामा फेला परेका वन्यजन्तुको पनि उचित व्यवस्थापन गर्दै आएको कार्यालयले जनाएको छ । ‘सिमित स्रोतसाधन र जनशक्ति भएपनि हामीले उचित व्यवस्थापन गर्दै आएका छौ,’ कार्यालयका सूचना अधिकारी पौडेलले भने ।

मृत अवस्थामा फेला परेका वन्यजन्तुलाई प्रहरी र स्थानीयको समन्वयमा कार्यालय परिसरमा खाडल खनेर पुर्ने गरिएको उनले बताए । अंगहरु चोरी शिकारी नहोस् भन्ने उदेश्यले मृत फेला परेका वन्यजन्तुलाई उचित व्यवस्थापन गर्ने गरिएको उनले जानकारी दिए ।

चालु आर्थिक बर्षको हालसम्म कार्यालयले १५ वटा भन्दा बढी वन्यजन्तुको उद्धार तथा व्यवस्थापन गरिसकेको उनले बताए ।

बिहिबार, जेठ १२, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.