१७ जेठ, गोरखा । पालुङटार नगरपालिकामा चितुवाको आक्रमणबाट प्रहरी सहित तीन जना घाइते भएका छन् । घाइते हुनेमा प्रहरी सहायक हवल्दार सुनिल रायमाझी, पालुङटार नगरपालिका वडा नम्वर ४ रानीटारका केशर बहादुर नेपाली र अभिषेक भण्डारी रहेका छन् ।
४४ बर्षिय नेपालीको ढाडमा र १६ बर्षिय भण्डारीको तिघ्रा र पाखुरामा चोट लागेको प्रहरीले जनाएको छ । त्यस्तै सहायक हवल्दार रायमाझीको पिठ्यूमा चोट लागेको डिएसपी लिलाराज लामिछानेले बताए । उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भएको र अवस्था सामान्य रहेको बताइएको छ ।
आफ्नै बारीमा काम गरिरहेका बेला नेपाली र भण्डारीमाथि चितुवाले आक्रमण गरेको थियो । घटनाबारे जानकारी पाएपछि इलाका प्रहरी कार्यालय ठाटीपोखरीबाट खटिएको टोलीसँगै गएका सहायक हवल्दार रायमाझीलाई पनि चितुवाले आक्रमण गरेको हो ।
चितुवाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु



































