१९ जेठ, गोरखा । धार्चे गाउँपालिका–४ लाप्राकको ठुलो रिन्जिलुङ्ग हुदै पुरानो गाउँ जाने सडक मर्मतको काम शुरु भएको छ । लुथरन वल्र्ड फेडेरेसनको आर्थिक सहयोगमा सहयोगी हातहरुको समूह नामक संस्थाले सडक मर्मतको काम शुरु गरेको हो ।
करिव सात किलोमिटर सडक नाला सहित मर्मत गरिने संस्थाका नविन धितालले बताए । ‘सडकमा रहेका खाडलहरु पुर्ने र नाला बनाउने काम भइरहेको छ,’ उनले भने, ‘वडा कार्यालयसँग समन्वय गरेर काम गरिरहेका छौ ।’
उक्त सडक मर्मतका लागी नौ लाख बजेट विनियोजन भएको उनले बताए । जिविकोपार्जन सम्बन्धी कार्यक्रम अन्तरगत उक्त सडक मर्मतको काम गरिएको उनको भनाइ छ ।
‘पहिरोको जोखिममा रहेको लाप्राकको पुराना गाउँलाई गुप्सीपाखाको एकीकृत वस्तीमा स्थानान्तरण गर्ने संस्थाको लक्ष्य हो, त्यही अनुरुप हामीले जिविकोपार्जनसँग सम्बन्धित बिभिन्न कार्यक्रमहरु गर्दै आएका छौ,’ उनले भने ।
सन् २०२० बाट लागू भएको उक्त कार्यक्रम अन्तरगत लाप्राकवासीलाई कुखुरा, तरकारीको विउविजन वितरणसँगै होम स्टे प्रवद्र्धनका लागी आवश्यक सहयोग र समन्वय गर्दै आएको धितालले बताए ।
तस्विर सौजन्य/डिल बहादुर गुरुङ



































