Logo
×
मङ्गलबार, कार्तिक ११, २०८३
मङ्गलबार, कार्तिक ११, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

गोरखाको गण्डकी गाउँपालिकाको केन्द्र विवाद फेरी बल्झियो

"कांग्रेस र एमालेद्धारा गाउँसभा बहिष्कार "

२४ जेठ, गोरखा । गण्डकी गाउँपालिकाको मंगलवारको गाउँसभा नेपाली कांग्रेस र नेकपा एमालेका निर्वाचित जनप्रतिनिधीले बहिष्कार गरेका छन् । गाउँपालिकाको केन्द्र वडा नम्वर ६ आइडाडामा राख्ने प्रस्ताव पेश गर्ने तयारी भएको जानकारी पाएपछि वैठक बहिष्कार गरेको गाउँपालिका उपाध्यक्ष ललिता अधिकारीले बताइन् । उनी नेपाली कांग्रेसबाट निर्वाचित भएकी हुन् ।

Advertisement

‘यही जेठ १६ गते गाउँकार्यपालिकाको बैठकमा गाउँपालिकाको केन्द्र आइडाडा सार्ने भनेर प्रस्ताव लाने निर्णय गरे,’ उनले भनिन्, ‘हामीले वडा नम्वर ५ को लाकुरी भन्ज्याङ वा वडा नम्वर ६ को दलभन्ज्याङ गरौ भन्दापनि माओवादीका जनप्रतिनिधीहरु मान्नुभएन ।’ मंगलवारको गाउँसभामा केन्द्रबारे जवरजस्ती निर्णय गराउने मनसाय बुझिएपछि बैठकमा सहभागी नभएको उनले बताइन् ।

गाउँपालिका अध्यक्ष दिपक तिमिल्सिनाले गाउँपालिका केन्द्रको बिषयमा असहमति जनाउदै कांग्रेस र एमालेका जनप्रतिनिधीहरु बैठकमा सहभागी नभएको स्वीकार गरे । ‘वडा नम्वर ६ को वनटारमा पालिकाको केन्द्र हुनुपर्छ भन्ने हाम्रो माओवादी पार्टीको माग हो,’ उनले भने, ‘हामी आइडाँडासम्म सहमति हुन सक्थ्यौ तर कांग्रेसले भूम्लिचोक नै हुनुपर्छ भन्ने अडान लिइरहेको छ ।’

आवश्यक छलफल र समन्वय गरेर केन्द्रको विवाद टुंग्याउने नभए सेवा केन्द्रहरु स्थापना गरेर काम सुचारु गर्ने उनले बताए ।
भूम्लिचोकको ओखलडाडामा निर्माण हुने गरी अघिल्लो कार्यकालका जनप्रतिनिधीले आव्हान गरेको गाउँपालिकाको प्रशासकीय भवनको ठेक्का पनि नवनिर्वाचित अध्यक्ष तिमिल्सिनाले रद्ध गरिदिएका छन् ।

निर्वाचित भएको भोलीपल्टै उनले प्रशासकीय र दुई वटा वडा कार्यालयको भवनको ठेक्का रद्ध गरेका हुन् । उक्त गाउँपालिकाको कार्यपालिकामा माओवादी केन्द्रको बहुमत छ । ४४ जनाको गाउँसभामा माओवादी केन्द्रका २९, कांग्रेसका १३ र एमालेका दुई सदस्य छन् ।

मङ्गलबार, जेठ २४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.