२८ जेठ, गोरखा । सिरानचोक गाउँपालिकाबाट चार बालबालिकाको उद्धार गरिएको छ । आर्थिक अभावका कारण कष्टकर जीवन बिताइरहेका उनीहरुलाइ मानव सेवा आश्रमले उद्धार गरेको हो ।
तीन बर्षिय रंजित परियार, ६ बर्षिय देव परियार, १० बर्षिय सन्देश परियार र १२ बर्षिया अनिषा परियारको उद्धार गरिएको आश्रमकी जिल्ला संयोजक मुना लामाले बताइन् ।
‘तीन बर्ष अघि आमाले छाडेर गएको र वुवा पनि सुस्त मनस्थितीका भएकाले उनीहरुको लालनपालनमा समस्या छ भन्ने खवर पायौ,’ उनले भनिन्, ‘जनप्रतिनिधीको उपस्थितीमा हामीले उनीहरुको उद्धार गरेका हौ ।’
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु



































