२८ जेठ, गोरखा । गोरखा नगरपालिका–८ बराहमा सवारी दुर्घटना हुदाँ एक युवक घाइते भएका छन् । घाइते हुनेमा शहिद लखन गाउँपालिका वडा नम्वर ७ मकैपुरका २४ बर्षिय प्रदिप श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।
गोरखा सदरमुकामबाट घर फर्कने क्रममा उनले चलाएको ना २४ प ६५८६ नम्वरको मोटरसाइकल विपरित दिशाबाट आइरहेको प्रदेश ३ ०१ ०२२ च ७८५८ नम्वरको बोलेरो जिपसँग ठक्कर खाएको हो ।
घाइते श्रेष्ठलाई गोरखा अस्पतालमा सामान्य उपचार पश्चात चितवनको पुरानो मेडिकल कलेज रिफर गरिएको छ । उनको नाक र कम्मरमा चोट लागेको र अवस्था मध्यम रहेको जिल्ला ट्राफिक प्रहरी इन्चार्ज प्रेम प्रकाश पोखरेलले बताए ।
बोलेरो जीप र चालक प्रहरी नियन्त्रणमा रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु



































