Logo
×
मङ्गलबार, कार्तिक ११, २०८३
मङ्गलबार, कार्तिक ११, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

विपदको पूर्व तयारीमा जुट्न निर्देशन

३१ जेठ, गोरखा । विपदको पूर्व तयारीमा जुट्न भन्दै जिल्लाका सम्बन्धित निकायहरुलाइ सजग गराइएको छ । मंगलवार बसेको जिल्ला विपद व्यवस्थापन समिति बैठकले विपदबाट हुने क्षति न्यूनिकरणका लागी सबैले आवश्यक समन्वय गरी कार्यक्रम संचालन गर्न आग्रह गरेको छ ।

Advertisement

उद्धार सामग्री सहित तालिम प्राप्त सुरक्षाकर्मी टोली तयारी अवस्थामा राख्न सुरक्षा निकायलाई निर्देशन गरिएको समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यले बताए । गैर खाद्य सामग्री तयारी अवस्थामा राख्न नेपाल रेडक्रस सोसाइटी गोरखा शाखालाई भनिएको उनले जानकारी दिए ।

पालिकाहरुमा रहेको उपशाखामा समेत उक्त सामग्री मौज्दात अवस्थामा राख्न निर्देशन गरिएको उनको भनाइ छ । मनसुनको समयमा पहिरोका कारण सडकहरु अवरुद्ध भएमा तत्काल सुचारु हुने वातावरण मिलाउन सम्बन्धित कार्यालयहरुलाई समितिले निर्देशन दिएको छ ।

विपदको समयमा टेलिफोन, बिद्युत, खानेपानी जस्ता अतिआवश्यक सेवाहरु अवरुद्ध हुन सक्ने भएकाले समाधानका लागी आवश्यक व्यवस्था मिलाउन समेत सम्बन्धित कार्यालयहरुलाई भनिएको छ । जिल्लालाई आवश्यक पर्ने खाद्यान्न लगायत अन्य अत्यावश्यक सामग्रीको मौज्दात राख्न र मूल्यबृद्धि हुन नदिन उपयुक्त सजगता अपनाउन व्यवसायी तथा उनीहरु आवद्ध संघसंस्थालाई भनिएको छ ।

पालिकाहरुलाइ आ–आफ्नो क्षेत्रमा रहेको व्यक्तिको घरजग्गा, अन्नवाली, पशुपंक्षी लगायत तरकारी तथा फलफूल खेतीको बिमा कार्यक्रमलाई अग्राधिकार दिन भनिएको प्रजिअ आचार्यले बताए ।

बैठकले मनसुनलाई लक्षित गरी रेडक्रसले तयार पारेको मनसुन सम्बन्धी आपतकालिन कार्य योजना स्वीकृत गरी लागू गर्ने निर्णय समेत गरेको छ ।

मङ्गलबार, जेठ ३१, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.