Logo
×
मङ्गलबार, कार्तिक ११, २०८३
मङ्गलबार, कार्तिक ११, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

गोरखा कांग्रेसको चुनावी समिक्षा : पार्टीकै कार्यकर्ताबाट घात हुदाँ चुनाव हारियो

"घात गर्नेलाई कारवाही गर्ने चेतावनी "

१ असार, गोरखा । पार्टीभित्रै घात अन्तरघात हुदाँ स्थानीय चुनाव २०७९ मा अनपेक्षित हार व्यहोर्नु परेको नेपाली कांग्रेस गोरखाको निष्कर्ष छ । कांग्रेस जिल्ला कार्यसमितिको समिक्षा बैठकले कांग्रेसकै कार्यकर्ताबाट असहयोग हुदाँ चुनाव हारेको निष्कर्ष निकालेको हो ।

Advertisement

वुधवार तिनधारे स्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै चुनावमा असहयोग गर्नेलाई कारवाही गरिने पार्टी जिल्ला सभापति नन्द प्रसाद न्यौपानेले चेतावनी दिए । ‘पार्टीमा रहेर पार्टीकै उम्मेदवारको बिरुद्धमा काम गरे भनेर पराजित हुने उम्मेदवार र जिल्ला कार्यसमितिका अधिकांश पदाधिकारीहरुले गुनासो गर्नुभएको छ,’ उनले भने, ‘हामीले त्यसबारे गम्भिर अध्ययन गरिरहेका छौ ।’

पार्टीको हित विपरित काम गरेको पाइएमा विधान अनुसार आवश्यक कारवाही प्रक्रिया अघि बढाइने उनले जानकारी दिए । आगामी दिनमा कार्यकर्ता देखि नेतृत्व तहसम्मको कमी कमजोरीलाई सच्याउदै एकतावद्ध भएर अघि बढ्न उनले आग्रह समेत गरेका छन् ।

‘पालिका प्रमुख उपप्रमुख हारेपनि वडाको मतमा अगाडी छौ’

पत्रकार सम्मेलनमा बोल्दै कांग्रेस जिल्ला सभापति न्यौपानेले पालिका प्रमुख उपप्रमुख पदमा अपेक्षित स्थानमा बिजय हासिल गर्न नसकेपनि वडामा सबैभन्दा लोकप्रिय मत ल्याउन सफल भएको दावी गरे ।

‘वडामा प्राप्त मतपरिणाम हेर्दा कांग्रेसले ४८ हजार २१२ र प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रले ४७ हजार ५४२ मत प्राप्त गरेको देखिन्छ, यसबाट के स्पष्ट हुन्छ भने प्राविधिक रुपमा कांग्रेसले स्थानीय तहका प्रमुख र उपप्रमुख पदमा केही मत कम ल्याएपनि समग्रमा लोकप्रिय मतमा अगाडी छ,’ उनले भने ।

जिल्लाको कुल ४ सय ८७ सिटमध्ये कांग्रेसले २ सय १६ स्थानमा बिजयी हासिल गरेको उनले जानकारी दिए । उनका अनुसार प्रतिस्पर्धी पार्टी माओवादी केन्द्रले २ सय ५, एमालेले ५०, जनता समाजवादी पार्टीले १५ र स्वतन्त्र उम्मेदवारले एक सिट ल्याउन सफल भए ।

गत बैशाख ३० गते सम्पन्न भएको स्थानीय तह निर्वाचनमा जिल्लाको ११ पालिकामध्ये दुई पालिकाको प्रमुख र पाँच पालिकाको उपप्रमुख कांग्रेसले जितेको हो । बाँकी माओवादी केन्द्रले ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा ९ वटा पालिकाको प्रमुख उपप्रमुख पद कांग्रेसले जितेको थियो । त्यस्तै यसपटकको निर्वाचनमा कुल ९४ वडामध्ये ३७ वडामा कांग्रेस बिजयी बनेको छ ।

बुधबार, असार ०१, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.