१ असार, गोरखा । किसानलाई तत्कालै मल उपलब्ध गराउन तथा महंगी र कालोबजारी नियन्त्रण लगायतका माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) जिल्ला कार्यसमितिले प्रधानमन्त्री कार्यालयलाई ज्ञापन पत्र बुझाएको छ ।
बुुधबार राप्रपाले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री कार्यालयलाई विभिन्न २० बुँदे ज्ञापन पत्र बुुझाएको हो । ज्ञापनपत्रमा ०४७ सालयताका उच्च पदस्थ व्यक्तिको सम्पत्ति छानबिनदेखि संघीयता खारेजीसम्मको माग गरिएको छ । ज्ञापन पत्रमा संघीयताले देशलाई आर्थिक रुपमा जर्जर अवस्थामा पु¥याएको आरोप लगाइएको छ ।
देशलाई एउटै निर्वाचन क्षेत्र कायम गरेर संसद निर्वाचनलाई समानुपातिक रुपमा गर्न पनि राप्रपा गोरखाले ज्ञापनपत्रमार्फत आग्रह गरेको छ । ज्ञापनपत्रमा राजसंस्थासहित सबै राजनीतिक दल अटाउने गरी प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था गर्न समेत माग गरिएको छ । पृथ्वीजयन्तीका दिन सार्वजनिक विदा दिनसमेत माग गरिएको छ ।
माग पूरा नभएको खण्डमा अझै बढी सशक्त रुपमा आन्दोलन गर्ने राप्रपा गोरखाका कार्यवहाक अध्यक्ष भिषण अर्यालले बताए ।



































