१ असार, गोरखा । सवारी तथा यातायात ऐन विपरित यात्रु ओसार्ने रातो प्लेटका निजी सवारी साधन बिरुद्ध जिल्ला ट्राफिक प्रहरी कार्यालयले कारवाही थालेको छ । वुधवार ६ वटा निजी सवारीलाई नियन्त्रणमा लिएर कारवाहीका लागी यातायात व्यवस्था सेवा कार्यालय गोरखा पठाइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी लिलाराज लामिछानेले बताए ।
‘नियम विपरित रातो प्लेटका सवारीले अनाधिकृत रुपमा भाडा लिएर यात्रु ओसार प्रसार गरेको भन्ने गुनासो आएपछि हामीले छड्के चेकजाँच बढाएका हौ,’ उनले भने, ‘चेकजाँचको क्रममा आज ६ वटा सवारी कारवाहीमा परे ।’
जिल्ला प्रहरी र जिल्ला ट्राफिक प्रहरी कार्यालयले संयुक्त रुपमा कारवाही अभियान थालेको हो । नियम विपरित यात्रु ओसार प्रसार नगर्न र सवारी नियमको पालना गर्न समेत कार्यालयले अनुरोध गरेको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु



































