२ असार, गोरखा । सामुदायिक बिद्यालयमा स्वास्थ्य तथा पोषण बिषय पढाउने शिक्षक तथा स्वास्थ्यकर्मीहरुलाई लक्षित गरी पोषण सम्बन्धी अभिमुखिकरण कार्यक्रम संचालन गरिएको छ ।
गण्डकी प्रदेश सरकारको बिशेष कार्यक्रम अन्तरगत जिल्लाको बिभिन्न स्थानीय तहमा कार्यक्रम भइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
हालसम्म गण्डकी, अजिरकोट, सिरानचोक, शहिद लखन, आरुघाट गाउँपालिका एवं गोरखा र पालुङटार नगरपालिकामा कार्यक्रम गरिएको कार्यालयका सूचना अधिकारी नवराज खड्काले बताए ।
बाँकी पालिकामा पनि कार्यक्रम संचालनको तयारी भइरहेको उनले जानकारी दिए । कार्यक्रममा पोषणको अवस्था, पोषण र स्वास्थ्य बिचको सम्बन्ध, पोषण अवस्था सुधारका लागी गरिएका प्रयास लगायतका बारेमा सहजिकरण गरिएको बताइएको छ ।
शरिरमा पोषणको कमी भएमा पुट्केपना, सुकेनास, रक्तअल्पता जस्ता समस्या हुने कार्यालयका खड्काले बताए ।



































