७ असार, गोरखा । गोरखा नगरपालिका–१० छेवेटारमा लागू औषध नियन्त्रण सम्बन्धि अन्तरक्रिया कार्यक्रम भएको छ । जिल्ला प्रहरी कार्यालयको आयोजनामा मंगलवार कार्यक्रम भएको हो ।
कार्यक्रममा शान्त एवं सुरक्षित समाज निर्माणका लागी लागू औषध नियन्त्रणमा आमाहरुको भूमिका बारेमा अभिमुखिकरण गरिएको थियो । कार्यक्रममा जिल्ला प्रहरी प्रमुख एसपी केदार खनालले सहजिकरण गरेका थिए ।
लागू औषध नियन्त्रण अभियान अन्तरगत कार्यक्रम गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ‘स्वस्थ जिवन, स्वच्छ बिचार, लागू औषध गरौ बहिष्कार’ भन्ने मूल नारा रहेको बताइएको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु



































