८ असार, गोरखा । प्राकृतिक रुपमा उम्रेका गाँजाका बोटहरु फडानी गर्ने अभियानलाई जिल्ला प्रहरी कार्यालयले निरन्तरता दिएको छ । अभियान अन्तरतग मंगलवार जिल्लाको बिभिन्न क्षेत्रमा उम्रेका ३ हजार गाँजाका बोट फडानी गरिएको कार्यालयले जनाएको छ ।
स्थानीय क्लब, आमा समूह र अन्य सरोकारवाला निकायसँग समन्वय गरेर गाँजाका बोटहरु फडानी गरिएको प्रहरी निरिक्षक सोमदास ढकालले बताए ।
‘प्राकृतिक रुपमा उम्रेका गाँजाका बोटहरुलाई संरक्षण गरी बिभिन्न व्यक्तिहरुले लागू औषधको रुपमा प्रयोग गर्ने र बेचबिखन समेत गर्न सक्ने भएकाले बोटहरु फडानी गरेका हौ,’ उनले भने ।
लागू औषध नियन्त्रण गर्ने उदेश्य समेत रहेको उनले बताए ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु



































