१६ असार, गोरखा । गोरखा नगरपालिका–१० बिरेन्चोक स्थित तिनघरे टोलका स्थानीयलाई इन्डक्सन चुलो वितरण गरिएको छ । वडा कार्यालयको समन्वयमा लायन्स डिस्ट्रिक ३२५ बि १ नेपालले चुलो वितरण गरेको हो ।
नमूना गाउँ बनाउने उदेश्यका साथ सो गाउँका ५३ घरधुरीलाई चुलो वितरण गरिएको वडाध्यक्ष प्रदिप कुवँरलले बताए ।
‘स्मार्ट भिलेज बनाउने उदेश्यले यसअघि पनि लायन्सले त्यो गाउँका स्थानीयलाई कुटानी पिसानी मेसिन र बंगुरका पाठापाठी वितरण गरिसकेको छ,’ उनले भने, ‘यस पटक इन्डक्सन चुलो वितरण गरेको हो ।’
चुलोसँगै कुरिलोको ५ सय थान विरुवा पनि वितरण गरिएको उनले जानकारी दिए । कार्यक्रममा गण्डकी प्रदेशका उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्यको पनि सहभागीता रहेको थियो ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु



































