१९ असार, गोरखा । जिल्लाका स्वास्थ्यकर्मीहरुलाई नसर्ने रोग सम्बन्धि अभिमुखिकरण गरिएको छ । स्वास्थ्य कार्यालयको आयोजनामा चार दिने तालिम दिइएको हो ।
पालुङटार नगरपालिकामा संचालन भएको तालिममा क्यान्सर, चिनी तथा मुटु रोगका लक्षण तथा नियन्त्रणका उपायबारे जानकारी गराइएको थियो । तालिम अवधिभर डा. बिमल दुवाडी, बिकास अधिकारी, नानीबाबु दानी लगायतले सहजिकरण गरेका थिए । तालिममा जिल्लाका एघार वटै स्थानीय तहका २५ जना स्वास्थ्यकर्मीको सहभागीता रहेको थियो ।
नसर्ने रोग रोकथाम तथा नियन्त्रण गर्ने कार्यक्रमको प्रमुख उदेश्य रहेको कार्यालयका नानीबाबु दानीले बताए । तालिमको आइतवार एक कार्यक्रमका बिच समापन गरिएको हो ।
स्वास्थ्य निर्देशनालयका लेखा अधिकृत अशोक खनालको अध्यक्षता तथा नगर प्रमुख विवश चिन्तनको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा उपप्रमुख बन्दना पोखरेल, वडाध्यक्ष, स्वास्थ्य निर्देशनालय पोरखाका प्रशासन शाखा प्रमुख नगेन्द्र पौडेल लगायतको उपस्थिती रहेको थियो ।



































