२० असार, गोरखा । लायन्स क्लब अफ गोरखा दरौदीको सचिवालय स्थापना भएको छ । गोरखा नगरपालिका–१० छेवेटारमा कोठा भाडामा लिएर सचिवालय स्थापना गरिएको हो । यसअघि क्लबले झोलाबाटै कार्यालय संचालन गर्दै आएको थियो ।
क्लबको सचिवालयको शनिवार एक कार्यक्रमका बिच लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ आइका गभर्नर राम बहादुर बसेलले उद्घाटन गरेका छन् ।
क्लबको बर्ष २२\२३ का अध्यक्ष रमेश बिष्टको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ आइका प्रथम उपगभर्नर चन्द्र कुमार केसी, फष्ट लेडी भावना बसेल, सिनियर एओजी बिकास थापा, गोरखा नगरपालिका वडा नम्वर १० का सदस्य गोकर्ण बहादुर थापा लगायतले मन्तव्य राखेका थिए ।
जुलाई महिनाको एक तारिखबाट क्लबको नयाँ पदाधिकारीहरुको कार्यकाल शुरु भएको हो । नयाँ पदाधिकारी अन्तरगत प्रथम उपाध्यक्षमा कमल नारायण श्रेष्ठ, सचिवमा सन्तोष रेग्मी, कोषाध्यक्षमा गिरिश बाबु बस्नेत चयन भएका छन् ।
क्लबमा हाल १८ जना सदस्य रहेको बताइएको छ । पहिलो कार्यक्रम अन्तरगत तारा मावि छेवेटारमा वृक्षारोपण गरिएको क्लबका अध्यक्ष बिष्टले जानकारी दिए ।



































