२२ असार, गोरखा । गोरखाको सिरानचोक गाउँपालिका–४ राम्चेमा वुधवार दिउँसो यात्रुवाहक बस दुर्घटना भएको छ । दुर्घटनामा परी २० यात्रु घाइते भएका छन् ।
घाइतेमध्ये पाँच जनालाई उपचारका लागी चितवन रिफर गरिएको र बाँकी १५ जनाको छेवेटार स्थित पृथ्वी नारायण समुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनीहरुको अवस्था सामान्य रहेको बताइएको छ ।
नारायणगढबाट भच्चेक जाँदै गरेको ना ५ ख ५३०५ नम्वरको बस अनियन्त्रित भइ सडकमै पल्टिएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी लिलाराज लामिछानेले बताए ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु



































