Logo
×
सोमबार, कार्तिक १०, २०८३
सोमबार, कार्तिक १०, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

चीन बन्यो विश्वकै ठूलो फिल्म बजार, भारत आठौं स्थानमा

सन् १८८८ मा संसारको सबैभन्दा पहिलो फिल्म रिलिज भएको थियो । २.११ सेकेन्ड लामो उक्त फिल्मको नाम ‘राउन्डहे गार्डेन सीन’ थियो । तर तीन सेकेन्डभन्दा पनि कम लम्बाइको उक्त फिल्म विश्वकै लागि आविष्कार बन्यो ।

Advertisement

पहिलो फिल्म बनाउने कुनै निर्देशक थिएनन् बरु फ्रान्सेली वैज्ञानिक लुइस ली प्रिन्स थिए । २.११ सेकेन्ड लामो फिल्मबाट सुरु भएको चलचित्रको यात्रा अहिले वार्षिक ५ लाख फिल्मसम्म पुगेको छ । फिल्मको व्यापारलाई अर्थतन्त्रको ठूलो हिस्सा पनि मानिन्छ । विश्व मनोरञ्जन संसारको सन् २०२१ को नयाँ आँकडा सार्वजनिक भएको छ । जसअनुसार दुनियाँभर फिल्मको कुल बजार २१.४ बिलियन डलर रहेको छ ।

यो आँकडा कोरोना महामारीपछिको हो । यो कुल बजारमा चीनको हिस्सा मात्र ७.३ बिलियन अमेरिकी डलर (९१ अर्ब ९८ करोड रुपैयाँ) छ । यो सूचीमा नेपालको छिमेकी मुलुक भारत ०.५ बिलियन डलर (६ अर्ब ३० करोड)सहित आठौं स्थानमा छ । पहिलो स्थानमा रहेको चीनमा वार्षिक ८५० फिल्म प्रदर्शन हुन्छन् । जसमध्ये देशभित्रकै फिल्मले ६० प्रतिशत र विदेशी फिल्मले ४० प्रतिशत कमाइ गर्छन् ।

दोस्रो स्थानमा रहेको अमेरिकाले सन् २०२१ मा ५६ अर्ब ७० करोड रुपैयाँ (४.५ बिलियन डलर) कमायो । अमेरिकामा वार्षिक ८०० फिल्म रिलिज हुन्छन् । जसमा ८८.८ प्रतिशत स्वदेशी र ११.२ प्रतिशत विदेशी फिल्मबाट कमाइ हुन्छ । जापान सूचीमा तेस्रो स्थानमा छ । १.५ बिलियन डलरसहित तेस्रो स्थानमा रहेको जापानमा वार्षिक ८५० वटा फिल्म लगभग रिलिज हुन्छन् । जापानमा स्वदेशी फिल्मबाट ७९.३ र २१ प्रतिशत विदेशी फिल्मबाट कमाइ हुन्छ ।

सूचीको चौथो स्थानमा बेलायत र आयरल्याण्ड छन् । सन् २०२१ मा यी बजारमा प्रदर्शन भएका फिल्मले ०.८ बिलियन डलर कमाए । यी दुई बजारमा वार्षिक २८० फिल्म प्रदर्शन हुन्छन् भने स्वदेशी फिल्मबाट ४४ प्रतिशत र विदेशीबाट ५६ प्रतिशत कमाइ हुन्छ । सूचीको पाँचौं स्थानमा रहेको युरोपेली मुलुक फ्रान्सले सन् २०२१ मा फिल्मबाट कुल ०.८ बिलियन डलर कमाएको थियो । फ्रान्समा वार्षिक ३०० फिल्म रिलिज हुन्छन्, जसमध्ये स्वदेशीबाट ३६ प्रतिशत र विदेशीबाट ६४ प्रतिशत कमाइ हुन्छ ।

छैटौं स्थानमा रुस छ, जसले सन् २०२१ मा फिल्मबाट ०.६ बिलियन डलर कमाइ गरेको थियो । उक्त वर्ष त्यहाँ १०० फिल्म प्रदर्शन भए जसमध्ये स्वदेशीबाट १८ प्रतिशत र विदेशीबाट ८२ प्रतिशत कमाइ भयो । सातौं स्थानमा दक्षिण कोरिया छ, जसले बितेको वर्ष ३५० वटा फिल्मबाट ०.५ बिलियन डलर कमायो । जसमध्ये ५२ प्रतिशत स्वदेशीबाट र ४८ प्रतिशत विदेशबाट कमाइ भएको छ ।

नेपालको छिमेकी मुलुक भारत सूचीको आठौं स्थानमा छ । सन् २०२१ मा भारतमा लगभग २ हजार ४०० फिल्म रिलिज भए । जसबाट भारतले ६ अर्ब ३० करोड (०.५ बिलियन डलर) कमाइ गर्‍यो । कुल आम्दानीमा ८५ प्रतिशत स्वदेशी र १५ प्रतिशत विदेशी फिल्मको हिस्सा छ ।

अस्ट्रेलिया सूचीको नवौं स्थानमा छ । सन् २०२१ मा रिलिज भएका कुल ५० फिल्मबाट अस्ट्रेलियाले ०.५ बिलियन डलर कमाएको छ ।

जर्मनी सूचीको दशौं स्थानमा छ । सन् २०२१ मा रिलिज भएका लगभग २५० फिल्मबाट जर्मनीले ०.४ बिलियन डलर कमाइ गर्‍यो । जसमा स्वदेशी फिल्मको कमाइ २६.३ प्रतिशत र विदेशीबाट ७३.७ प्रतिशत हिस्सा रहेको छ ।

आइतबार, असार २६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.