२८ असार, गोरखा । सुख्खा पहिरोले पुरिएर गोरखामा एक वृद्धको ज्यान गएको छ । सिरानचोक गाउँपालिका–६ गैरीगाउँ स्थित जंगलमा दाउरा काट्न गएका स्थानीय सुक बहादुर गुरुङको पहिरोमा पुरिएर ज्यान गएको हो ।
८० बर्षिय गुरुङ मंगलवार साँझ दाउरा काट्न भन्दै जंगल गएका थिए ।
अचानक माथिबाट सुख्खा पहिरो खसेर उनी पुरिएको प्रहरीले जनाएको छ ।
गुरुङको शव पोष्टमार्टमका लागी गोरखा अस्पताल ल्याइएको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु



































