२८ असार, गोरखा । जिल्ला कारागार गोरखाका महिला कैदीवन्दीहरुलाई लक्षित गरी पानी शुद्धिकरण गर्ने फिल्टर वितरण गरिएको छ । रोटरी र रोट¥याक क्लब अफ गोरखाको संयुक्त सहयोगमा ‘आर ओ वाटर प्युरिफाइर फिल्टर’ वितरण गरिएको हो ।
वुधवार कारागारमा एक कार्यक्रमका बिच जेलर र जिल्ला प्रहरी प्रमुखलाई उक्त फिल्टर हस्तान्तरण गरिएको रोट¥याक क्लब अफ गोरखा अध्यक्ष निराजन कट्टेलले बताए । उक्त फिल्टरको मूल्य करिव २२ हजार रहेको बताइएको छ ।
कारागारका पुरुष कैदीवन्दीहरुलाई यसअघि नै पानी शुद्धिकरण गर्ने फिल्टर वितरण भएकाले महिला कैदीवन्दीलाई लक्षित गरिएको उनले जानकारी दिए ।
हाल कारागारमा ८३ जना पुरुष र १० जना महिला कैदीवन्दी रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु



































