३० असार, गोरखा । गोरखा सदरमुकामको खोलखोलेदेखि नगरपालिका जाने सडकखण्डमा एक युवकको शव फेला परेको छ । सडक छेउको नालामा बिहीवार बिहान २४ बर्षिय अनिष आले मगरको शव फेला परेको प्रहरीले जनाएको छ ।
मगर गोरखा नगरपालिका वडा नम्वर ८ आलेगाउँ निवासी हुन् । नालामा लडिरहेको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए । मगरको कानको भागमा चोट देखिएको जिल्ला प्रहरी प्रमुख एसपी केदार खनालले बताए ।
‘हत्याको आशंका पनि छ, त्यसबारे हामीले अनुसन्धान गरिरहेका छौ,’ उनले भने ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु



































