३० असार, गोरखा । स्थानीय तह निर्वाचन २०७९ बाट निर्वाचित सेवा निवृत्त शिक्षकहरुलाई सम्मान गरिएको छ । गुरुपूर्णिमाको अवसरमा वुधवार एक कार्यक्रमका बिच नेपाल निवृत्त शिक्षक समाज गोरखाले उनीहरुलाइ सम्मान गरेको हो ।
जिल्ला समन्वय समिति प्रमुख मोहन बहादुर थापा, गोरखा नगरपालिकाका मेयर कृष्ण बहादुर राना, गोरखा नगरपालिका वडा नम्वर २ का अध्यक्ष रहमतुल्ला मिया, जिसस सदस्य शिव रेग्मी, भीमसेन थापा गाउँपालिका उपाध्यक्ष अमृता देवी वस्ती, गण्डकी गाउँपालिका वडा नं ६ का अध्यक्ष याम बहादुर थापा, शहिद लखन गाउँपालिका वडा नं ७ का अध्यक्ष दिलिप नारायण थापा, बारपाक सुलिकोट गाउँपालिका वडा नं २ का रुद्रप्रसाद अंगाईलाई सम्मान गरिएको समाजका जिल्ला सचिव रामबाबु श्रेष्ठले बताए ।
समाजका जिल्ला उपाध्यक्ष बमबहादुर थापाको अध्यक्षता तथा शिक्षा बिकास तथा समन्वय इकाइका निमित्त प्रमुख राम बहादुर अधिकारीको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा समाजका उपाध्यक्ष कपिलबाबु अर्याल, निवृत्त शिक्षक शिवराम कट्टेल, नेपाल निवृत्त शिक्षक समाजका केन्द्रीय उपाध्यक्ष गेहेन्द्रराज बिष्ट, शिक्षक संघका सचिव लक्ष्मण आचार्य, नेपाल शिक्षक महासंघ गोरखाक कार्यवाहक अध्यक्ष राजन कट्टेल लगायतले मन्तब्य राखेका थिए ।



































