२ साउन, गोरखा । गोरखाको अजिरकोट गाउँपालिका–३ स्थित भच्चेक सडकखण्डमा बोलेरो जिप र मोटरसाइकल एक आपसमा ठोक्किदा मोटरसाइकलमा सवार एक युवतीको मृत्यु भएको छ । मृतक अजिरकोट गाउँपालिका–२ वलाङकी २४ बर्षिय मेलिना गुरुङ रहेको प्रहरीले जनाएको छ ।
भच्चेकबाट चितवन जादै गरेको बाग्मती प्रदेश ०३ ००३ प ४८१५ नम्वरको मोटरसाइकल र विपरित दिशाबाट आउदै गरेको ग १ ज ४६८६ नम्वरको बोलेरो एक आपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला ट्राफिक इन्चार्ज बेदनाथ भण्डारीले बताए ।
दुर्घटनामा परी गम्भिर घाइते भएकी मेलिनाको भच्चेक स्वास्थ्यचौकीमा उपचारको क्रममा मृत्यु भएको उनले जानकारी दिए । दुर्घनामा परि मोटरसाइकल चालक ३५ बर्षिय मन बहादुर गुरुङ पनि घाइते भएका छन् ।
उनको भच्चेक स्वास्थ्यचौकीमा उपचार भइरहेको र अवस्था सामान्य रहेको बताइएको छ ।
बोलेरो जिप र चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



































