Logo
×
मङ्गलबार, कार्तिक ११, २०८३
मङ्गलबार, कार्तिक ११, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

गोरखाका दृष्टिविहीनहरुलाई एक महिने कम्प्यूटर तालिम

३ साउन, गोरखा । दृष्टिविहीनहरुलाई लक्षित गरी जिल्लामा कम्प्यूटर तालिम संचालन भएको छ । गोरखा नेत्रहीन संघको आयोजनामा तालिम संचालन गरिएको हो । नेपाल नेत्रहीन संघको पुर्नस्थापना कार्यक्रम अन्तरगत संचालन भएको तालिममा १४ जना बिद्यार्थी सहभागी छन् ।

Advertisement

सरस्वती मावि आहाले, जलकुमारी मावि थुमी र अमरज्योती मावि लुईटेलमा अध्ययनरत दृष्टिविहीन बिद्यार्थीहरु तालिममा सहभागी रहेको गोरखा नेत्रहीन संघका अध्यक्ष पवन बस्नेतले बताए । उनका अनुसार गोरखा नगरपालिका–५ स्वाँरा स्थित संघको भवनमा तालिम संचालन भइरहेको छ ।

बिद्यालयको बर्खे बिदाको सदुपयोग गर्दै सिप सिकाउने उदेश्यले तालिम संचालन गरिएको बस्नेतले जानकारी दिए । तालिममा सुमित्रा कुमारी माझीले प्रशिक्षण गरिरहेकी छन् । उनका अनुसार बिद्यार्थीहरु अहिले नेपाली टाइपिङ गर्न जान्ने भइसके ।

कम्प्यूटरसँगै उनीहरुलाइ हिडडुल गर्ने तालिम पनि दिइएको कार्यक्रम संयोजक अमृत राईले बताए । ‘बिद्यालयमा कम्प्यूटर छ, तर दृष्टिविहीनहरुले त्यसको प्रयोग गर्न सकेका छैनन्,’ उनले भने, ‘यो तालिमले बिद्यालयमा भएको कम्प्यूटरको पनि सदुपयोग हुन्छ भन्ने अपेक्षा हो ।’

तालिमको मंगलवार अनुगमन समेत गरिएको छ । जिल्ला समन्वय समिति प्रमुख मोहन बहादुर थापा, जिल्ला समन्वय अधिकारी नानीबाबु पोखरेल, सामाजिक बिकास कार्यालय प्रमुख दिपेन्द्र परियार, गोरखा नगरपालिका शिक्षा शाखा प्रमुख चन्द्र बहादुर खड्का, पत्रकार महासंघ गोरखाका सचिव बिकास मरहट्टा, पत्रकार हरिराम उप्रेती लगायतको टोलीले तालिमको निरिक्षण गरेका हुन् ।

मङ्गलबार, साउन ०३, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.