४ साउन, गोरखा । मंगलवार गोरखा सरदमुकामको व्यस्त सडक हरमटारीचोकमा क्षमताभन्दा बढी लोड हालेर वालुवा ढुवानी गर्दै गरेको एक टिपर देखियो । ग १ क २९७१ नम्वरको उक्त टिपर ओभरलोड भएको फोटोमा प्रष्ट देख्न सकिन्छ ।
तर चोकमै ड्यूटि खटिएका ट्राफिकको नजर त्यसतर्फ गएन । वा, देखेपनि वेवास्ता गरे । पछिल्लो समय क्षमताभन्दा बढी लोड बोकेर ढुवानीका सवारी साधन गुड्ने क्रम जिल्लामा बढ्न थालेको छ ।
ओभरलोडकै कारण सडकहरु भत्किने, कालोपत्रे उप्किएर खाडल पर्ने र सवारी आवागमनमा समस्या हुने गरेको छ । तर ट्राफिक कार्यालयको त्यसतर्फ ध्यान पुग्न सकेको छैन ।
सवारी पार्किङ र यातायात संचालनलाई व्यवस्थित बनाउन तर्फ भन्दा राजश्व संकलनमा मात्र ध्यान दिएको भन्दै गोरखा ट्राफिकको आलोचना समेत हुने गरेको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु



































