४ साउन, गोरखा । स्वच्छ र सफा नगर बनाउने उदेश्य लिएको गोरखा नगरपालिकाले आफ्नै कार्यालय परिसर भित्रको फोहोर व्यवस्थापन गर्न सकेको छैन ।
कार्यालय परिसरमा रहेको पार्किङ स्थल नजिकै फोहोर अव्यवस्थित रुपमा थुपारेर राखिएको छ ।
क्यान्टिन भवनको आडमै थुपारिएको उक्त फोहोर नगरपालिकाको कार्यालय आउजाउ गर्ने जो कोहीले पनि सहजै रुपमा देख्न सक्छन् ।
समयमै व्यवस्थित गर्न नसके उक्त फोहोरले कार्यालय क्षेत्र दुर्गन्धित बन्न सक्ने जोखिम छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु



































