Logo
×
मङ्गलबार, कार्तिक ११, २०८३
मङ्गलबार, कार्तिक ११, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बढुवा भएका गोरखा नगरपालिकाका कर्मचारीको पद पुनः घट्यो

"नगरपालिकाले गरेको बढुवा लोक सेवा आयोगद्धारा बदर "

४ साउन, गोरखा । गोरखा नगरपालिकाले मनपरी रुपमा गरेको कर्मचारी बढुवा गण्डकी प्रदेश लोक सेवा आयोगले बदर गरिदिएको छ । आफूखुशी ऐन बनाएर कर्मचारी बढुवा गरेको भन्दै सो कुरा मान्य नहुने आयोगले जनाएको छ ।

Advertisement

गत जेठ २६ गते नगरपालिकाको कार्यालयलाई पत्राचार गर्दै आयोगले नगरपालिकाले गरेको कर्मचारी बढुवाको कामकारवाही बदर गरिएको जानकारी समेत गराएको छ । आयोगको परामर्श बिना कर्मचारीको सेवा, शर्त सम्बन्धी ऐन जारी गरी आफूखुशी कर्मचारी बढुवा गरेकाले प्रदेश लोक सेवा आयोग ऐन २०७६ को दफा ४३ अनुसार कर्मचारी बढुवा बदर गरिएको आयोगका सचिव बिनोद बहादुर कुँवरले बताए ।

कर्मचारी सेवा व्यवस्थापन ऐन २०७८ अनुसार नवौ नगरसभाबाट निर्णय गरिएको भन्दै गोरखा नगरपालिकाले केही समयअघि आफ्ना १६ जना कर्मचारीको बढुवा गरेको थियो । नायव सुब्वा रहेका राम कुमार श्रेष्ठ, शोभा दवाडी प्रधान, बिमला वाग्ले र किरण कट्टेल अधिकृत छैठौमा बढुवा भएका थिए ।

सुन्दर श्रेष्ठ, सरस्वती कमर, अनिलभक्त तिवारी, राम बहादुर कोइराला, प्रकाशचन्द्र ढकाल र सरस्वती अधिकारीलाई खरदारबाट नायव सुब्वामा बढुवा गरिएको थियो ।

अधिकृत छैठौ पदमा रहेका इन्जिनियर प्रकाश ढकाललाई अधिकृत सातौ, लेखापाल नारायण मरहट्टालाई लेखा अधिकृत, सव–इन्जिनियर राजु श्रेष्ठलाई इन्जिनियर, सह–लेखापाल सावित्रि अधिकारीलाई लेखापाल र कार्यालय सहयोगी शोभा गुरुङलाई खरदारमा बढुवा गरिएको थियो ।

नगरपालिकाले आफूखुशी निर्णय गरेको भन्दै आयोगले कर्मचारी बढुवाको निर्णय बदर गरिदिएको हो । बढुवा बदर भएसँगै ती कर्मचारीहरुको पद पहिलैकै यथावत भएको छ ।

तलव लिन कर्मचारीद्धारा आनाकानी

आयोगले बढुवा बदर गरेपछि बढुवाको सूचिमा परेका कर्मचारीले तलव लिन मानेका छैनन् । बढुवा भएको पदको तलव स्केल नपाउने भएपछि उनीहरुले असार महिनाको तलव लिन आनाकानी गरेका हुन् ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञाननाथ ढकालका अनुसार बढुवा भएको पदको तलव स्केल उनीहरुले अपेक्षा गरेका छन् ।

‘आयोगले बढुवा बदर गरेपछि उहाहरु पहिलैकै पदमा झर्नुभयो, त्यही स्केल अनुसार तलव खुवाउनुपर्ने भएपछि हामीले तलव लिनुहुन्छ की के गर्नुहुन्छ भनेर सोध्यौ,’ उनले भने, ‘उहाँहरुले अहिले लिन्नौ भन्नु भएको छ ।’

बुधबार, साउन ०४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.