Logo
×
मङ्गलबार, कार्तिक ११, २०८३
मङ्गलबार, कार्तिक ११, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

दरौदी र चेपेबाट उत्पादित बिजुली राष्ट्रिय प्रशारण लाइनमा जोडिने

८ साउन, गोरखा । दरौदी र चेपे नदीबाट उत्पादन हुने १२० मेगावाटको बिद्युत १३२ केभी राष्ट्रिय प्रशारण ग्रिड लाइनमा जोड्ने गरी आयोजना निर्माणको काम अघि बढेको छ । डिपिआर तयार भइ ठेक्का सम्झौता भइसकेको केरावारी न्यू मस्र्याङदी १३२ केभी दरौदी करिडोर प्रशारण लाइन आयोजनाले जनाएको छ ।

Advertisement

दरौदी र चेपे नदीबाट उत्पादित १२० मेगावाट बिजुली सिरानचोक, गोरखा र पालुङटार हुदैँ तनहूँको मार्किचोकमा रहेको सवस्टेशनमा जडान गरिने आयोजना संयोजक कृष्णराज खनालले बताए ।

उनका अनुसार सिरानचोक गाउँपालिका–१ भिरसिङ स्थित कुदुङबारीमा १३२ केभी क्षमताको सवस्टेशन निर्माण हुनेछ । सवस्टेशन निर्माणका लागी सो क्षेत्रमा ४२ रोपनी जग्गा अधिग्रहण भइसकेको छ ।

‘दरौदी र चेपेको बिजुली त्यही सवस्टेशनमा जम्मा हुन्छ,’ खनालले भने, ‘त्यहाँबाट गोरखा–पालुङटार हुदैँ तनहूँको मार्किचोकमा लान्छौ ।’
आयोजना निर्माणका लागी गोरखा तर्फ करिव ७८ रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने आयोजनाले जनाएको छ ।

‘कतै व्यक्तिगत कतै सरकारी जग्गा लिनुपर्छ, त्यो प्रक्रिया अघि बढाइसकेका छौ, व्यक्तिगत जग्गाको मुआब्जा निर्धारणको प्रक्रिया पनि शुरु भइसकेको छ,’ आयोजना संयोजक खनालले भने । राष्ट्रिय प्रशारण ग्रिड लाइनमा जडान गर्नका लागी राखिने टावरको संख्या भने एकीन नभएको उनले बताए ।

करिव ५० करोडको लागतमा निर्माण हुने आयोजना निर्माणको जिम्मा भारतीय कम्पनी स्किपर लिमिटेड जेभी ह्विथ स्यामा पावर लिमिटेडले पाएको छ । तीन बर्षमा काम सक्ने गरी २०७८ साल असार २७ गते ठेक्का सम्झौता भएको हो ।

राष्ट्रिय प्रशारण बिड कम्पनी लिमिटेड मार्फत निर्माण हुन लागेको उक्त आयोजनाले दरौदी र चेपे नदीमा उत्पादित १२० मेगावाटको बिद्युतलाई राष्ट्रिय प्रशारण लाइनमा जोड्नका लागी पुलको काम गर्ने छ ।

‘हामीले बिद्युत उत्पादन गर्ने होइन, उत्पादन भएको बिद्युतलाई राष्ट्रिय प्रशारण लाइनमा जोड्ने काम गर्ने हो,’ आयोजना संयोजक खनालले भने ।

आइतबार, साउन ०८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.