Logo
×
मङ्गलबार, कार्तिक ११, २०८३
मङ्गलबार, कार्तिक ११, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

कोरोना महामारीमा खस्कियो एसईईको नतिजा

११ साउन । कोरोना महामारीको समयमा नेपालको माध्यमिक तहको शिक्षाको गुणस्तर खस्किएको पाइएको छ । राष्ट्रिय परीक्षा बोर्डले बुधबार सार्वजनिक गरेको विवरण अनुसार २०७५ सालमा भन्दा २०७८ सालमा विद्यार्थीको सिकाइ उपलब्धि कमजोर देखिएको छ ।

Advertisement

२०७६ र २०७७ सालको एसईईको नतिजा भने राष्ट्रिय परीक्षा बोर्डले सम्बन्धित विद्यालयले पठाएको अंककै आधारमा सार्वजनिक गरेको थियो । २०७५ सालपछि राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष मात्र आफैं उत्तरपुस्तिका परीक्षण गरेको हो । जसमा माथिल्लो ग्रेड ल्याउने विद्यार्थी २०७५ सालमा भन्दा यो वर्ष घटेका बोर्डले जनाएको छ ।

२०७५ सालमा ३।६ देखि ४।० जीपीए ल्याउने परीक्षार्थी कुल परीक्षार्थीको ३।८३ प्रतिशत रहेको थियो । तर २०७८ सालमा भने यो ग्रेड ल्याउने विद्यार्थी जम्मा १।९४ प्रतिशत मात्र छन् । त्यस्तै ३।२ जीपीएदेखि ३।६ जीपीए ल्याउने परीक्षार्थी २०७५ सालमा ११।१३ प्रतिशत रहेकामा यो वर्ष ८।४ मात्र रहेका छन् ।

यसभन्दा तलको जीपीए ल्याउने परीक्षार्थी भने २०७५ सालमा भन्दा बढी छ । २।८ देखि ३।२ जीपीए ल्याउने परीक्षार्थी २०७५ सालमा १३।८८ प्रतिशत रहेकामा अहिले १४।१० प्रतिशत रहेका छन् ।

त्यस्तै २।४ देखि २।८ जीपीए ल्याउने परीक्षार्थी २०७५ सालमा १६।६७ प्रतिशत रहेकामा २०७८ सालमा १८।३१ प्रतिशत रहेको छ । २ देखि २।४ जीपीए ल्याउनेहरु २०७५ सालमा २१।३८ प्रतिशत रहेकामा २०७८ सालमा २२।७४ प्रतिशत रहेको राष्ट्रिय परीक्षा बोर्डको तथ्यांक छ ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले कोभिड(१९ महामारीका कारण विद्यार्थीको सिकाइमा असर गरेकाले माथिल्लो जीपीए ल्याउनेहरु घटेको हुन सक्ने बताए । यद्यपि उनी यो नतिजालाई सन्तोषजनक मान्नुपर्ने बताउँछन् ।

‘तुलनात्मक रुपमा माथिल्लो ग्रेड ल्याउने विद्यार्थीको संख्या घटेको छ । यो समयमा र नियमित पढाइ हुन नसक्दा विद्यार्थीको सिकाइ नभएको हुनसक्छ’ उनले भने, ‘यद्यपि यो नतिजा दुख लाग्दो पनि होइन । सन्तोषजनक मान्न सकिन्छ ।’

विषयगत नतिजामा पनि यो वर्षको परीक्षामा धेरै विद्यार्थीले गणित विषयमा कम ग्रेड ल्याएको अध्यक्ष शर्माले बताए ।

अनलाइनखवरबाट

 

बुधबार, साउन ११, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.