Logo
×
सोमबार, कार्तिक १०, २०८३
सोमबार, कार्तिक १०, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

एसईईमा कुन ग्रेड ल्याएका विद्यार्थीले के पढ्न पाउँछन् ?

११ साउन। माध्यमिक शिक्षा परीक्षा एसईई २०७८ को नतिजा आज सार्वजनिक हुँदै छ । नतिजा अक्षरांकन (ग्रेडिङ) विधि अनुसार प्रकाशित गर्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

Advertisement

कक्षा ११ मा भर्ना पाउनका लागि ग्रेडिङ विधि अनुसार विद्यार्थीले पढ्न चाहेको विषयमा भर्ना हुन कक्षा १० मा अनिवार्य विषय अंग्रेजी, गणित, विज्ञान, नेपाली र सामाजिकमा न्यूनतम डी प्लस तथा ११ कक्षामा विज्ञान समूहमा भर्ना हुन अनिवार्य विज्ञान र गणित विषयमा सी प्लस ल्याउनै पर्ने व्यवस्था छ । आठ विषयमा परीक्षा दिँदा तीन विषयमा भने जुन ग्रेड ल्याउँदा पनि हुन्छ ।

११ कक्षामा पढाइ हुने विज्ञान समूहअन्तर्गत फिजिक्स, केमेस्ट्री, बायोलोजी, म्याथ, कम्प्युटर साइन्स र एगि्रकल्चर पर्छन् । तर, यस समूहमा भर्ना हुन विद्यार्थीले समग्र नतिजामा न्यूनतम जीपीए दुई ल्याउनै पर्छ । विषयअनुसार जुन ग्रेड ल्याए पनि न्यूनतम जीपीए १.६ प्रतिशत मात्र ल्याएका विद्यार्थी भने सीपमूलक समूहमा मात्र भर्ना हुन पाउँछन् ।

सीपमूलक विषय समूहअन्तर्गत एनिमल साइन्स, प्लान्ट साइन्स, इलेक्टि्रकल इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ र कम्प्युटर इन्जिनियरिङ पर्छन् । यी विषय प्राविधिक धारबाट परीक्षा दिएका विद्यार्थीका लागि हो ।

विज्ञान र सीपमूलक समूहमा भर्ना हुन पाउने विद्यार्थीको विषयगत योग्यता निर्धारण गरिएको भए पनि मानविकी, व्यवस्थापन र शिक्षा विषयमा भने छुट्टाछुट्टै योग्यता तोकिएको छैन । जुनसुकै समूहमा भर्ना भए पनि ऐच्छिकसँगै विद्यार्थीले अनिवार्य विषय पढ्नुपर्छ ।

मापदण्डअनुसार समग्र नतिजामा न्यूनतम जीपीए १.६ ल्याएका तर म्याथ, नेपाली, अंग्रेजी, सामाजिक अध्ययन र विज्ञानसहित पाँच विषयमा डी प्लस ल्याएका विद्यार्थीले व्यवस्थापन तथा मानविकी विषय समूहमा भर्ना हुन पाउनेछन् । यी समूहमा म्याथ, जिओेग्राफी, एकाउन्टेन्सी, इकोनोमिक्स, कम्प्युटर साइन्स, टिचिङ म्याथमेटिक्स, साइकोलोजी, एलिमेन्ट्स अफ फाइनान्स, ज्योतिष, को-अपरेटिभ म्यानेजमेन्ट, बिजनेस स्टडिज, बिजनेस म्याथमेटिक्सलगायत विषय पर्छन् ।

अंग्रेजी, म्याथमेटिक्स, सोसल स्टडिज, नेपाली र विज्ञानमा न्यूनतम डी प्लस ल्याएका र समग्रमा नतिजा जीपीए १.६ ल्याएका विद्यार्थीले फिजिक्स एजुकेसन, केमेस्ट्री, एजुकेसन, बायोलजी, एजुकेसन र टिचिङ साइन्स विषय पढ्न सक्नेछन् ।

अंग्रेजी, नेपाली र सामाजिक अध्ययनमा न्यूनतम डी प्लस ल्याएका र समग्र नतिजामा न्यूनतम जीपीए एक दशमलव ६ ल्याएका विद्यार्थीले अंग्रेजी, अल्टरनेटिभ अंग्रेजी, टिचिङ अंग्रेजी र लिंग्विस्टिक्स विषयमा भर्ना हुन पाउँछन् ।

अंग्रेजी, नेपाली, म्याथमेटिक्स र सामाजिक अध्ययनमा डी प्लस ल्याएका र समग्र नतिजा न्यूनतम १.६ प्रतिशत ल्याएका विद्यार्थीले होटल म्यानेजमेन्ट र ट्राभल तथा टुरिज्म विषयमा भर्ना हुन पाउने व्यवस्था छ । समग्र नतिजा १.६ जीपीए ल्याएर अंग्रेजी, नेपाली र सामाजिक अध्ययनमा डी प्लस ल्याएका विद्यार्थीले नेपाली तथा टिचिङ विषयमा भर्ना हुन पाउनेछन् ।

तर, सैद्धान्तिक विषयतर्फ सी, डी प्लस र ई ग्रेड प्राप्त गरेका अर्थात् सैद्धान्तिक विषयमा सी ग्रेड र सोभन्दा तल्लो ग्रेड प्राप्त गर्ने विद्यार्थीले जति विषयमा सी र सोभन्दा तल्लो ग्रेड प्राप्त गरेका परीक्षार्थीले चाहेको विषयमा ग्रेड वृद्धि परीक्षा दिन पाउनेछन् ।

मूल परीक्षामा दुई विषयसम्म अनुपस्थित भएको वा दुई विषयसम्म ग्रेड नखुलेका विषयमा पनि परीक्षार्थीले परीक्षा दिन सक्नेछन् । यसरी दिइएको परीक्षाबाट पहिलेको नतिजामा आएको भन्दा बढी ग्रेड प्राप्त गरे भने उनीहरूले अन्य विषय पनि पढ्न पाउनेछन् ।

साभार अनलाइनखवर

बुधबार, साउन ११, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.