१३ साउन, गोरखा । पार्किङको बिषयलाई लिएर जिल्लामा देखिएको ट्याक्सी व्यवसायी बिचको विवाद मिलाउन शुक्रवार भएको छलफल निष्कर्ष विहीन भएको छ ।
जिल्ला प्रहरी कार्यालयमा भएको छलफलमा सहमति जुट्न नसकेपछि दुवै पक्षलाई आइतवार पुनः छलफलमा बोलाइएको डिएसपी लिलाराज लामिछानेले बताए । शुक्रवार बिहान बसपार्कमा पार्किङ गर्ने बिषयमा गोरखा मनकामना यातायात सेवा प्रालि र गोरखकाली यातायात सेवा प्रालि बिच विवाद भएको थियो ।
विगत ६ बर्षदेखि सेवा दिदै आएको गोरखा मनकामनाले आफूहरुले ट्याक्सी पार्किङ गर्ने स्थल बाहेक अन्यत्र पार्किङ गर्न भन्दै आएको छ ।
हालसालै दर्ता भएर सेवा शुरु गरेको गोरखकाली यातायातले भने एकै ठाउँमा पार्किङ गर्न पाउनुपर्ने माग गर्दै आएको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु



































