१५ साउन, गोरखा । जिल्लामा ट्याक्सी सेवा दिदै आएका गोरखा मनकामना यातायात सेवा प्रालि र गोरखकाली यातायात सेवा प्रालि एक आपसमा मर्ज हुने भएका छन् । आइतवार बसेको दुई प्रालिका पदाधिकारीहरुको संयुक्त बैठकले मर्जर प्रक्रियामा जाने निर्णय गरेका हुन् ।
बिगत ६ बर्षदेखि सेवा दिदै आएको मनकामना यातायात र हालसालै दर्ता भएर सेवा शुरु गरेको गोरखकाली यातायात बिच पार्किङको बिषयलाई लिएर विवाद शुरु भएको थियो । पटक पटक सम्बन्धित निकायमा बैठक बसेपनि विवाद समाधान हुन सकेको थिएन ।
सहमतिका लागी आइतवार दुई प्रालिका पदाधिकारीहरु बिच भएको बैठकले विवाद समाधानका लागी मर्जर प्रक्रियामा जाने निर्णय गरेका हुन् । बैठकले आइतवारदेखि नै लागू हुने गरी गोरखकाली यातायात प्रालिका सबै ट्याक्सी गोरखा मनकामना प्रालि मातहत रहने निर्णय समेत गरेको छ ।
‘गोरखकाली यातायात प्रालिका १७ वटा ट्याक्सी रहेछन्,’ गोरखा मनकामना यातायात प्रालिका अध्यक्ष सुरेन लामिछानेले भने, ‘ती सबै आजदेखि हाम्रो समिति मातहत भए र त्यसको क्यू व्यवस्थापन पनि गर्ने निर्णय पनि ग¥यौ ।’
घ्याम्पेशाल बसपार्कमा पाँच, पुरानो बसपार्कमा चार, हरमटारीचोकमा तीन, प्रशासनचोकमा एक, नारेश्वर र लक्ष्मीबजारमा दुई/दुई वटा ट्याक्सी रहने गरी क्यू व्यवस्थापन गरिएको उनले बताए ।



































