१७ साउन, गोरखा । रोटरी र रोट्रयाक क्लब अफ गोरखाले जिल्ला अस्पताल गोरखालाई ह्वीलचियर वितरण गरेको छ ।
अस्पताल आउने बिरामीलाई लक्षित गरी चार वटा ह्वीलचियर सहयोग गरिएको रोटरी क्लब अफ गोरखाका सचिव अन्जन खत्रीले बताए ।
सोमवार अस्पताल परिसरमा आयोजित एक कार्यक्रमका बिच ह्वील चियर हस्तान्तरण गरिएको उनले जानकारी दिए ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु



































