Logo
×
मङ्गलबार, कार्तिक ११, २०८३
मङ्गलबार, कार्तिक ११, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

नियम बिपरित जिम्मेवारी खोसिएको भन्दै आपत्ति

२४ साउन, गोरखा । नियम विपरित आफूलाइ निमित्त प्रधानाध्यापकको जिम्मेवारीबाट हटाइएको भन्दै साधना त्रिपाठीले बिरोध जनाएकी छन् । पूर्वाग्रही ढंगबाट बिद्यालय व्यवस्थापन समितिले आफूलाई जिम्मेवारीबाट हटाउने निर्णय गरेको उनको आरोप छ ।

Advertisement

त्रिपाठी विगत २३ बर्षदेखि गोरखा नगरपालिका–८ डुम्रिडाँडा स्थित रत्नलक्ष्मी माध्यमिक बिद्यालयमा निमित्त प्रअको रुपमा काम गर्दै आएकी छन् । तर यही साउन २१ गते बसेको विव्यसको बैठकले उनीबाट निमित्त प्रअको जिम्मेवारी खोसेर अर्का शिक्षक पूर्ण कुमार श्रेष्ठलाई दिने निर्णय ग¥यो । सोही निर्णयको बिरोध गर्दै त्रिपाठीले सम्बन्धित निकायसँग न्यायको माग गरेकी छन् ।

वुधवार प्रेस बिज्ञप्ती जारी गर्दै उनले शिक्षा नियमावलीको प्रक्रिया समेत पुरा नगरी आफूभन्दा कनिष्ठ शिक्षकलाई निमित्त प्रअको जिम्मेवारी दिइएको प्रति आपत्ति जनाएकी छन् । ‘विव्यसले विना कारण पूर्वाग्रही तरिकाले महिला भएकै कारणले बिना प्रक्रिया हटाउने बिभेदकारी निर्णय गरेकाले र नगर शिक्षाको निर्णय नआउँदै नियुक्ति प्रधानाध्यापकबाट कामकाज समेत संचालन भएकाले सो बिरुद्ध सम्बन्धित निकायहरुसँग न्यायको लागि माग गर्दछु,’ बिज्ञप्तीमा भनिएको छ ।

न्यायका लागी कानूनी उपचारमा समेत जाने उनले बिज्ञप्ती मार्फत जानकारी गराएकी छन् । हालसालै सम्पन्न स्थानीय तह निर्वाचनपछि बिद्यालयमा गठित नयाँ विद्यालय व्यवस्थापन समितिले राजीनामाका लागी पटक पटक ताकेता गरेको उनले बताइन् ।

बिद्यालय व्यवस्थापन समिति अध्यक्ष शरण श्रेष्ठले भने शिक्षा नियमावली अनुसार निमित्त प्रअको जिम्मेवारी परिवर्तन गरिएको बताए । प्रशासकको जिम्मेवारी पुरा नगरेको, कार्यसम्पादन क्षमता सन्तोषजनक नदेखिएको र प्रअमा हुनुपर्ने आचारण नभएको भन्दै त्रिपाठीको जिम्मेवारी खोसिएको उनले जानकारी दिए । विव्यससँग आवश्यक समन्वय नगरी एकलौटी ढंगले त्रिपाठी अघि बढ्दै आएको आरोप समेत श्रेष्ठले लगाएका छन् ।

बिव्यसले जिम्मेवारी परिवर्तनको निर्णय गरेर नगर शिक्षा शाखामा बुझाएको छ । तर नगर शिक्षा शाखाबाट भने आधिकारिक निर्णय आइसकेको छैन । गोरखा नगरपालिकाका नगर शिक्षा प्रमुख चन्द्र बहादुर खड्काले समितिको बैठक बस्न नभ्याएको बताए ।

‘प्रमुख प्रशासकीय अधिकृत हुनुहुन्न, उहाँ आएपछि हामी बैठक बसेर निर्णय गर्छाै,’ उनले भने ।

बुधबार, साउन २५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.