३१ साउन, गोरखा । एकीकृत समाजवादी पार्टी निकट बिद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी यूनियन जिल्ला कमिटी गोरखाले नगर स्तरिय हाजिरीजवाफ प्रतियोगीता गर्ने भएको छ ।
गोरखा नगरपालिका भित्र रहेका बिद्यालयलाई समावेश गर्ने गरी भदौ ५ गते प्रतियोगीता गर्न लागेको कमिटी जिल्ला अध्यक्ष सचिन भट्टराईले बताए । बिद्यार्थीको क्षमता बिकास गर्ने उदेश्यले प्रतियोगीता गर्न लागिएको उनले जानकारी दिए ।
प्रतियोगीतामा नगर क्षेत्र भित्र रहेका बिद्यालयका कक्षा दशसम्मका बिद्यार्थीहरु सहभागी हुन पाउने छन् ।
‘एउटा बिद्यालयबाट एउटा समूह मात्र प्रतियोगीतामा भाग लिन पाउनेछन्,’ भट्टराईले भने, ‘एउटा समूहमा एक छात्रा सहित तीन जना हुनुपर्छ ।’ प्रतियोगीतामा पहिलो, दोस्रो र तेस्रो हुने समूहले क्रमश ७ हजार, ३५ सय र २ हजार नगद पुरस्कार पाउनेछन् ।
सहभागी हुन चाहने बिद्यालयले भदौ २ गतेसम्म दर्ता गराइसक्नुपर्ने बताइएको छ ।



































