Logo
×
सोमबार, कार्तिक १०, २०८३
सोमबार, कार्तिक १०, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

तेस्रो गोरखकाली मेला असोज ४ बाट

२ भदौ, गोरखा । गोरखा सदरमुकामको हरमटारी खेल मैदानमा तेस्रो गोरखकाली मेला हुने भएको छ । दशै पर्वलाई लक्षित गरी असोज ४ गतेबाट मेला गर्न लागिएको आयोजक हरमटारी क्लबले जनाएको छ । बिहीवार पत्रकार सम्मेलन गर्दै क्लबले मेला असोज १४ गतेसम्म चल्ने जनाएको छ ।

Advertisement

मेलामा लोपोन्मुख विविध सांस्कृतिक कार्यक्रमहरुको प्रस्तुती, कन्सर्टसँगै बाल उद्यान र खाना महोत्सव हुने क्लबका महासचिव किरण ढकालले बताए । ‘औद्योगिक प्रदर्शनी पनि हुन्छ,’ उनले भने, ‘त्यसमा राष्ट्रिय, घरेलु तथा साना उद्योगबाट उत्पादित बस्तुहरु प्रदर्शनीका लागी राखिन्छ ।’ मेलामा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सांगितिक प्रस्तुती एवं बिभिन्न जातिय भेषभूषा प्रदर्शनी प्रतियोगीता समेत हुने उनले जानकारी दिए ।

बिभिन्न जातजातिको संस्कृती संरक्षण गर्ने र आन्तरिक तथा बाह्य क्षेत्रमा जिल्लाको चिनारीलाई प्रचार प्रसार गरी पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने मेलाको प्रमुख उदेश्य रहेको मेला संयोजक आशिष श्रेष्ठले बताए । लोक संस्कृतिको जर्गेनासँगै जिल्लाको आर्थिक क्षेत्रको बिकासमा समेत मेलाले टेवा पु¥याउने अपेक्षा गरिएको उनले जानकारी दिए ।

आयोजकका अनुसार मेलामा करिव एक सय स्टल रहनेछन् । स्थानीय उत्पादन र कृषि उपजलार्इँ बिशेष प्राथमिकता दिइने बताइएको छ । ‘व्यापारिक स्टलमा पनि हामीले जिल्लाका व्यवसायीहरुलाई पहिलो प्राथमिकता दिन्छौ, उहाँहरुले बाहिरी व्यापारी नल्याउनु हामी नै स्टल गर्छाै भन्नुभयो भने पनि हामी तयार छौ,’ श्रेष्ठले भने ।

मेला गर्न करिव ४८ लाख लाग्ने अनुमान गरिएको छ । मेला अवधिभर इच्छुक पर्यटकलाई जिल्लाको ऐतिहासिक क्षेत्रको प्याकेजमा भ्रमण गराउने व्यवस्था समेत हुने क्लबले जनाएको छ ।

मेलाको करिव ३५ हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ ।

बिहिबार, भदौ ०२, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.