Logo
×
सोमबार, कार्तिक १०, २०८३
सोमबार, कार्तिक १०, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

लिगलिगकोटदेखि सिरानचोक हुदैँ गोरखा दरवारसम्म खुल्ला म्याराथन दौड हुने

२ भदौ, गोरखा । पालुङटारको ऐतिहासिक स्थल लिगलिगकोटदेखि सिरानचोक हुँदै गोरखा दरवारसम्म खुल्ला म्याराथन दौड प्रतियोगीता हुने भएको छ । नेपाल एकीकरणको दौरान प्रयोग भएका पदमार्गलाई समेटेर दौड गर्न लागिएको मूल आयोजक समारोह समितिले जनाएको छ ।

Advertisement

बिहीवार पत्रकार सम्मेलन गर्दै समितिले भदौ २५ गते दौड हुने बताएको छ । नेपाल एकीकरणको उद्गम थलो गोरखाको इतिहास जगेर्ना गर्दै पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने उदेश्यले प्रतियोगीता गर्न लागिएको समिति सदस्य एवं गोरखा नगरपालिकाका मेयर कृष्ण रानाले बताए । एकीकरणको दौरान प्रयोग भएका गढी तथा किल्लाहरुको संरक्षण गर्ने उदेश्य पनि रहेको उनले जानकारी दिए ।

‘नेपालको उत्पत्तिदेखि जगसम्म’ भन्ने अवधारणा सहित हुन लागेको दौडको निर्धारित दुरी ४० किलोमिटर रहेको छ । प्रतियोगीताको उपाधी बिजेताले एक लाख ५० हजार नगद पुरस्कार पाउने छन् । उपबिजेताले एक लाख, तृतीय हुनेले ७५ हजार, चौथो हुनेले ५० हजार र पाचौ स्थान हासिल गर्नेले ३५ हजार पाउने छन् ।

त्यस्तै छैटौ, सातौ, आठौ, नवौ र दशौ हुनेले क्रमश ३० हजार, २५ हजार, २० हजार, १५ हजार र १० हजार नगद पुरस्कार पाउने आयोजक समितिले जनाएको छ ।

लिगलिगकोटबाट शुरु हुने दौड सिरानचोकको चित्रेपोखरी हुदै गोरखा दरवारमा आएर टुङ्गिने छ । दौड हुने मार्गको केही दिनमा स्थलगत निरक्षण गरी आवश्यक मर्मत गरिने आयोजकले जनाएको छ ।

दौडमा सहभागी हुन चाहनेहरुले अनलाइन फारम भर्न सक्ने छन् । नेपाली सेनाको रिपुमर्दन गण, सिरानचोक गाउँपालिका, गोरखा र पालुङटार नगरपालिकाले संयुक्त रुपमा प्रतियोगीता गर्न लागेका हुन् । प्रतियोगीता गर्न करिव १५ लाख लाग्ने अनुमान गरिएको छ । नेपाली सेनाले एक लाख र बाँकी रकम सम्बन्धित पालिकाले व्यहोर्ने बताइएको छ ।

२०७६ सालबाट जिल्लामा उक्त दौड प्रतियोगीता शुरु भएको थियो । बर्षेनी प्रतियोगीता गर्ने भनिएपनि कोभिडका कारण दुई बर्ष गर्न नसकिएको आयोजकले जनाएको छ ।

यसबर्षबाट दौड प्रतियोगीताले निरन्तरता पाउने बताइएको छ ।

बिहिबार, भदौ ०२, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.