६ भदौ, गोरखा । गोरखा नगरपालिका–८ दलभन्ज्याङ स्थित खेलमैदानमा भएको प्लस टु कप फुटवल प्रतियोगीताको उपाधी लक्ष्मीबजार हर्ट क्लबले हात पारेको छ ।
फाइनल खेलमा ओसन क्लब अन्डर–१५ टिमलाई ६–३ को गोल अन्तरले हराउँदै लक्ष्मीबजारले उपाधी जितेको हो । उपाधी बिजेता उक्त क्लबले नगद आठ हजार पुरस्कारको साथमा ट्रफि र मेडल पाएको आयोजक द ओसन क्लबले जनाएको छ ।
त्यस्तै उपबिजेता क्लबले नगद चार हजार पुरस्कारको साथमा ट्रफि र मेडल पाएको बताइएको छ । सेमिफाइनलमा भने शक्ति मावि पाटेचौर र हिमाली तमू समाज सिरानचोक पुगेका थिए ।
प्रतियोगीतामा कुल १४ टिमको सहभागीता रहेको आयोजक क्लबका अध्यक्ष अमित खत्रीले बताए ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु



































