६ भदौ, गोरखा । रोटरी क्लब अफ गोरखाले भीमसेन थापा गाउँपालिकालाई ह्वीलचियर वितरण गरेको छ । सोमवार एक कार्यक्रमका बिच पालिकालाई तीन वटा ह्वील चियर हस्तान्तरण गरिएको क्लबका सचिव अञ्जन बाबु खत्रीले बताए ।
सोही गाउँपालिका वडा नम्वर ३ मा रहेको बुढीगण्डकी बृद्धाश्रम र सोही वडाका स्थानीय लोकनाथ भट्टका लागी भन्दै पालिकाले क्लबसँग ह्वीलचियर माग गरेको थियो ।
सोही माग बमोजिम सहयोग गरिएको क्लबले जनाएको छ ।
सहयोग प्राप्त ह्वीलचियरमध्ये दुई वटा आश्रमलाई र एउटा लोकनाथलाई वितरण गरिएको बताइएको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु



































