Logo
×
सोमबार, कार्तिक १०, २०८३
सोमबार, कार्तिक १०, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

फुटपाथमा टहरा बढ्दै, बहुउदेश्यीय भवन रित्तै

१७ भदौ, गोरखा । व्यवसायिक प्रयोजनका लागी फुटपाथ मिचेर टहरा बन्ने क्रम बजार क्षेत्रमा बढ्दो छ । फुटपाथ व्यवस्थापनमा चुक्दै आएको गोरखा नगरपालिकाले विना स्वीकृती बनेका टहरालाई हटाउन सकेको छैन । यता फुटपाथ टहराले ढाकिसक्यो, उता बजार क्षेत्रको व्यापार व्यवसायलाई व्यवस्थित गर्न बनेको बहुउदेश्यीय भवन भने रित्तै छ ।

Advertisement

नगर बिकास कोष काठमाण्डौको साझेदारीमा गोरखा नगरपालिकाले व्यापारिक प्रयोजनका लागी उक्त भवन निर्माण गरेको हो । करिव साढेँ पाँच करोड लागतमा निर्माण भएको उक्त भवनमा ३६ सटर छन् । सटर भाडामा लगाउने र राजश्व वृद्धि गर्ने उदेश्यले भवन निर्माण गरिएपनि भवनका अधिकांश सटर खाली छन् । हालसम्म दश वटा सटरमा मात्र व्यवसाय संचालन भएको छ ।

मासिक तीन लाख ३२ हजार तिर्ने गरी अन्जन खत्रीले भवनको जिम्मा लिएका हुन् । उनी र नगरपालिका बिच तीन बर्षका लागी सम्झौता भएको छ । गत पुष २१ गते सम्झौता भएर फागुन १ गतेबाट सटर भाडाका लागी खुल्ला गरिएपनि हालसम्म दश वटा सटर मात्र भाडामा गएको खत्री बताउछन् ।

‘यहाँको सटरबाट मासिक एक लाख २० हजार भाडा उठ्छ, तर मैले नगरपालिकालाई तीन लाख ३२ हजार बुझाउनुपर्छ,’ उनले भने, ‘मासिक दुई लाख भन्दा बढी घाटा छ मलाई ।’ यसबारे नगरपालिकासँग छलफल गर्ने उनको तयारी छ ।

किन खाली भए सटरहरु ?

नगरपालिकाले उक्त भवनमा रहेका सटरहरुको भाडा सात हजार देखि २० हजार सम्म निर्धारण गरेको छ । व्यापारीहरुले सटर भाडा महँगो भएको बताउदै आएका छन् । यो कुरालाई खत्री स्वयमले पनि स्वीकार गरेका छन् । ‘पहिलो कुरा त भाडा महँगो भएकै हो, अर्काे कोभिडले व्यापार व्यवसायमा मन्दी छायो, त्यसको असर पनि हो,’ उनले भने, ‘मन्दीकै कारण केही व्यवसायी पलायन पनि भए, नयाँ व्यवसायीहरु पनि थपिएका छैनन् ।’

बजार क्षेत्रको व्यवसायलाई व्यवस्थित बनाउने उदेश्य सहित भवन निर्माण गरिएको हो । कुल लागतको ९० प्रतिशत नगर बिकास कोषको ऋण अनुदान, ७.५ प्रतिशत नेपाल सरकारको अनुदान र २.५ प्रतिशत गोरखा नगरपालिकाको लगानी रहेको इन्जिनियर प्रकाश ढकालले बताए ।

२०७६ साल मंसिर २ गते सिनर्जी क्रिश्चल सचेत जेभीसँग सम्झौता गरेर भवन निर्माणको काम शुरु गरिएको हो । एक बर्षमै काम सक्ने गरी सम्झौता भएपनि विभिन्न कारण देखाइ ठेकेदारले २०७८ साल असार मसान्तमा काम सकेको थियो ।

भवन निर्माण भएसँगै संचालनका लागी नगरपालिकाले २०७८ साल कात्तिक दश गते ठेक्का आव्हान ग¥यो । नविना निर्माण सेवाले ठेक्का पाएपनि सम्झौता गर्न नआएपछि खत्रीसँग सम्झौता भएको नगरपालिकाका वित्तिय व्यवस्थापक सहायक किरण कट्टेलले बताए ।

तर उक्त भवनले व्यवसायीको ध्यान केन्द्रित गर्न सकेको छैन । अधिकांश सटर खाली छन् ।

भाडा समायोजन हुनुपर्छ : श्रेष्ठ

भाडा समायोजन भएमा व्यवसायीहरु आउने उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार श्रेष्ठ बताउछन् । ‘त्यहाँको सटर भाडा बाहिरी बजारमा भन्दा महँगो छ, नगरपालिकाले संचालन गरेको भवनमा भाडादरमा सहुलियत हुनुपथ्र्याे अनि पो व्यापारी भाडामा बस्न आउथे तर, त्यो भएन,’ उनले भने । कमाइको आधारमा तिर्न सक्ने गरी भाडा निर्धारण र व्यवसाय अनुसारको सटर निर्माण नहुदाँ समस्या भएको उनको भनाइ छ ।

मासु, तरकारी र फलफुल पसलाई सोही ठाउँमा मात्र केन्द्रित गर्न सकेमा पनि सटर खाली नरहने उनको तर्क छ । उनी भन्छन्, ‘तरकारी, मासु र फलफुल पसललाई एकै ठाउँमा केन्द्रित गरेर राख्ने, अन्यत्र राखे नगरपालिकाले कारवाही गर्न सके त्यहाँका सटरहरु भरिन्छन् ।’

अनुगमन र निगरानीका लागी नगर प्रहरी पनि आवश्यक रहेको उनले बताए । फुटपाथ मिचेर अनाधिकृत रुपमा टहरा बनेपनि नगरपालिकाले नियन्त्रण गर्न नसकेको उनले जानकारी दिए ।

 

शुक्रबार, भदौ १७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.