२२ भदौ, गोरखा । १९ औ निजामती सेवा दिवसको अवसर पारेर वुधवार गोरखा संग्रहालय परिसरमा वृक्षारोपण गरिएको छ । जिल्ला प्रशासन कार्यालयको आयोजनामा तथा कर्मचारी मिलन केन्द्रको सहयोगमा कार्यक्रम गरिएको हो ।
सिरखण्ड, कपुर फलफुल लगायत बिभिन्न जातका ६० भन्दा बढी विरुवा रोपिएको प्रशासन कार्यालयले जनाएको छ । प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा कर्मचारी मिलन केन्द्रका अध्यक्ष केशव देवकोटा, निजामती कर्मचारी संगठनका अध्यक्ष शारदा प्रसाद भट्टराई लगायते मन्तव्य राखेका थिए ।
जिल्ला निर्वाचन कार्यालय प्रमुख टेक बहादुर कोइरालाले कविता बाचन समेत गरेका थिए ।
कार्यक्रममा कर्मचारी मिलन केन्द्र, नेपाल कर्मचारी संगठन, नेपाल निजमाती कर्मचारी युनियन, राष्ट्रिय कर्मचारी संगठन, नेपाल एकीकृत सरकारी कर्मचारी संगठन, सुरक्षा निकाय प्रमुख एवं प्रतिनिधि लगायतको सहभागीता रहेको थियो ।



































