२३ भदौ, गोरखा । गोरखा नगरपालिका वडा नम्वर १० को कार्यालयले सेवा विस्तार गरेको छ । हाल बिरेन्चोकमा कार्यालय स्थापन गरेर सेवा दिदै आएको उक्त वडाले छेवेटारबाट पनि सेवा थालेको छ ।
छेवेटारमा प्रयोगविहिन अवस्थामा रहेको कृषि भवनमा कार्यालय स्थापन गरेर सेवा शुरु गरिएको वडाध्यक्ष प्रदिप कुवँरले बताए । वडाका सबै प्रतिनिधीको सहमतिमा सेवा विस्तार गरिएको जानकारी गराउदै उनले भने, ‘आलोपालो दुवै ठाउँबाट सेवा दिन्छौ ।’
आइतवार, मंगलवार र बिहीवार छेवेटारको कार्यालय र सोमवार, वुधवार र शुक्रवार बिरेन्चोकको कार्यालयबाट सेवा दिइने उनले जानकारी दिए ।
छेवेटार स्थित कार्यालयको वुधवार एक कार्यक्रमका बिच गोरखा नगरपालिकाकी उपप्रमुख मसली माया थोकरले उद्घाटन गरेकी हुन् ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु



































