२४ भदौ, गोरखा । १०९ औ बीपी जयन्ती नेपाली कांग्रेस नारेश्वर वडा कार्यसमितिले विविध कार्यक्रम गरी मनाएको छ । शुक्रवार विपि जयन्तीको अवसरमा बीपी कोइरालाको फोटोमा माल्यार्पणका साथै हरित पार्क आहालेमा वृक्षारोपण समेत गरिएको वडा कार्यसमिति सचिव मोतिलाल श्रेष्ठले बताए ।
कार्यसमिति सभापति केदार बाबु बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सदस्य लाल बहादुर बिक, क्षेत्र नम्वर १ क प्रदेश सदस्य दिपक बाबु बि क, संस्थापक सदस्य ध्रुव थापा, सचिव मोतिलाल श्रेष्ठ, रमेश भट्ट, ७ नम्वर टोल समिति सभापति बिन्द्र बहादुर थापा लगायतको उपस्थिती रहेको थियो ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु



































