२६ भदौ, गोरखा । हिमानी ट्रष्टले गोरखाका बिद्यार्थीलाई शैक्षिक तथा स्वास्थ्य सामग्री वितरण गरेको छ । बिभिन्न बिद्यालयका तीन हजार सात सय ५० जना विद्यार्थीलाई शैक्षिक तथा स्वास्थ्य सामग्री वितरण गरेको छ ।
चाइना फाउन्डेशनवाट प्राप्त भएको उक्त सामग्री शनिवार एक कार्यक्रमका विच ट्रष्टका अध्यक्ष हिमानी शाहले बिद्यार्थीलाई वितरण गरेकी हुन् ।
गोरखा, पालुङटार नगरपालिका, शहिदलखन र धार्चे गाउँपालिकामा रहेका ४० विद्यालयका विद्यार्थीलाई १९ प्रकारका शैक्षिक तथा स्वास्थ्य सामग्री वितरण गरिएको ट्रष्टले जनाएको छ ।
३७ सय थान झोला सँगै नेपाली तथा अंगे्रजी अभ्यास पुस्तिका, कलर बक्स, स्टेशनरी बक्स, पेन्सील, हेल्थ ब्याग, लन्च बक्स, वाटर वोटल, टावेल लगायत दैनिक प्रयोगमा आउने सामग्री वितरण गरिएको हो ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु



































