२७ भदौ,गोरखा । दृष्टिविहिनहरुलाई लक्षित गरी गोरखामा सावुन बनाउने तालिम शुरु भएको छ । नेपाल नेत्रहीन संघको पुनस्र्थापना कार्यक्रम अन्तरगत आइतवारबाट तालिम शुरु भएको हो ।
तालिममा गोरखा, धादिङ र तनहूँका गरी २२ जना सहभागी छन् । पाँच दिनसम्म चल्ने तालिममा प्रेम महर्जन र गोपाल अधिकारीले सहजिकरण गर्ने बताइएको छ ।
गोरखा नगरपालिका वडा नम्वर ५ स्वाँरा स्थित गोरखा नेत्रहीन संघको पुनस्र्थापना तथा सिप बिकास तालिम केन्द्रमा संचालन भइरहेको तालिमको सोमवार घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख सुर्य भुजेल, पत्रकार लगायतको टोलीले अनुगमन समेत गरेको छ ।
सोही कार्यक्रम अन्तरगत केही दिन अघि मात्र दृष्टिविहीनहरुलाई पञ्चेबाजा बजाउने तालिम समेत दिइएको थियो ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु



































