२८ भदौ, गोरखा । आन्तरिक प्रतिस्पर्धाबाट स्थायी हुन परिक्षाको माग गर्दै माध्यमिक बिद्यालय शिक्षक युनियन नेपाल (हिस्टुन) ले चरणवद्ध आन्दोलन शुरु गरेको छ ।
आन्दोलन स्वरुप साविक उच्च मावि तहका शिक्षकहरुले मंगलवार हातमा कालो पट्टी बाँधेर अध्यापन गराएका छन् । गोरखामा पनि हिस्टुनमा आवद्ध शिक्षक आन्दोलनमा छन् ।
आन्दोलन स्वरुप हातमा कालो पट्टी बाँधेर अध्यापन गराइएको हिस्टुन जिल्ला उपाध्यक्ष एवं पालुङटार नगरपालिका–१० स्थित मिरकोट माविका अध्यापक सुदिप खनालले बताए ।
भदौ ३० गते पेनडाउन गर्ने उनले जानकारी दिए ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु



































