Logo
×
सोमबार, कार्तिक १०, २०८३
सोमबार, कार्तिक १०, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

गोरखामा गण्डकी प्रदेश अन्तर जिल्ला स्तरीय पुरुष तथा खुल्ला महिला भलिवल प्रतियोगीता हुने

२९ भदौ, गोरखा । गोरखाको भीमसेन थापा गाउँपालिकामा गण्डकी प्रदेश अन्तर जिल्ला स्तरीय पुरुष तथा खुल्ला महिला भलिवल प्रतियोगीता हुने भएको छ । बोर्लाङ खेलकुद बिकास समितिको आयोजनामा असोज १२ देखि १६ गतेसम्म प्रतियोगीता हुन लागेको हो ।

Advertisement

‘बोर्लाङ थापा कप–२०७९’ नाम दिइएको उक्त प्रतियोगीतामा गण्डकी प्रदेशका एघार वटै जिल्लाका टिमको सहभागीता रहने समितिका अध्यक्ष निराजन श्रेष्ठले बताए । पहिलो हुने टिमलाई एक लाख ३० हजार नगद पुरस्कार उपलब्ध गराइने उनले जानकारी दिए ।

दोस्रो, तेस्रो र चौथो हुनेले क्रमश ७० हजार, ३५ हजार र १५ हजार नगद पुरस्कार पाउने समितिले जनाएको छ । प्रतियोगीतामा एक टिममा दुई जनाभन्दा बढी बिभागिय खेलाडी राख्न नपाइने बताइएको छ ।

खुल्ला महिला तर्फ प्रथम हुने टिमले ७० हजार नगद पुरस्कार पाउने छ । दोस्रो हुनेले ४० हजार, तेस्रो हुनेले २० हजार र चौथो हुनेले १० हजार नगद पुरस्कार पाउने छन् ।

प्रतियोगीतामा वेष्ट प्लेयर, वेष्ट स्पाईकर, वेष्ट ब्लकर, वेष्ट डिफेन्डर, वेष्ट सर्भर, वेष्ट सेटर र वेष्ट कोचलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

प्रतियोगीता अन्तरगत ३५ बर्ष माथिकालाई लक्षित गरी भेटेरान्स पुरुष भलिवल प्रतियोगीता पनि हुने आयोजकले जनाएको छ । अन्तर वडा स्तरिय प्रतिस्पर्धा हुने उक्त प्रतियोगीतामा पहिलो हुने टिमले ४० केजीको खसी र दोस्रो हुने टिमले २५ केजीको खसी पुरस्कार पाउने छन् ।

प्रतियोगीतामा सहभागी हुन टिमका लागी दर्ता शुल्क पनि निर्धारण गरिएको छ । पुरुष तर्फको प्रतियोगीतामा सहभागी हुने टिमले ७ हजार, खुल्ला महिला र भेटेरान्स तर्फको सहभागी टिमले ५÷५ हजार दर्ता शुल्क बुझाउनुपर्ने बताइएको छ ।

असोज ११ गते साँझ ५ बजेसम्म टिम दर्ता गराइसक्न आयोजकले आग्रह गरेको छ । खेलाडीलाई खान वस्नको निशुल्क व्यवस्था भएको बताइएको छ ।

प्रतियोगीता सम्पन्न गर्न करिव २१ लाख लाग्ने अनुमान आयोजकको छ ।

बुधबार, भदौ २९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.