Logo
×
मङ्गलबार, कार्तिक ११, २०८३
मङ्गलबार, कार्तिक ११, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

सडक बिनाको पक्की पुल : सडक जोड्न अनुमति बिना वन क्षेत्रमा डोजर

२९ भदौ, गोरखा । सडक नै नभएको ठाउँमा पक्की पुल बनाएको भन्दै आलोचित भएपछि सडक जोड्नभन्दै अनुमति वेगर वन क्षेत्रमा डोजर चलाइएको छ । गोरखा नगरपालिका–३ नारेश्वर र सिरानचोक गाउँपालिका–५ जरेवेर जोड्ने दरौदी नदीमाथि बनेको उक्त पुलको नारेश्वर तर्फको वन क्षेत्रमा ठेकेदारले विना अनुमति डोजर चलाएको हो ।

Advertisement

वुधवार स्थलगत निरिक्षणका लागी सो क्षेत्र पुगेका डिभिजन वन कार्यालय गोरखाका प्रमुख अशोक कुमार श्रेष्ठले वन क्षेत्रको करिव २५ मिटर क्षेत्रमा डोजर लगाएको भेटिएको बताए । ‘विना अनुमति वन क्षेत्रमा सडक खन्नै पाइदैन,’ उनले भने, ‘तर उहाहरुले अनुमति पनि नलिइ आफूखुशी डोजर चलाउनुभएछ ।’

राताढुंगा गोलपोले सामुदायिक वन क्षेत्रमा पर्ने उक्त भागमा विना अनुमति बाटो खन्न नदिन भन्दै कार्यालयले केही दिन अघि नै सम्बन्धित सामुदायिक वन उपभोक्ता समूहलाई पत्राचार गरिसकेको थियो । वन समूहले पनि सो क्षेत्रमा खन्न नमिल्ने जानकारी गराएको थियो । तर पुल निर्माणको जिम्मा पाएको निर्माण कम्पनी एचटिसी/गणेशकुण्ड/आइएस् निर्माण सेवा जेभीले नियम विपरित आफूखुशी वन क्षेत्रमा डोजर चलाएको हो ।

वन समूहका अध्यक्ष पूर्ण बहादुर थापाले बिना जानकारी वन क्षेत्रमा डोजर चलाएको बताए । ‘त्यहाँ खन्न नदिनु भनेर वन कार्यालयले हामीलाई चिठी पठाएको छ, त्यसैले त्यहाँ नखन्नु भनेर हामीले भनेका थियौ, तरपनि अटेर गरेर खन्नुभएछ,’ उनले भने ।

विना अनुमति वन क्षेत्रमा डोजर लगाएको बारे थप अनुसन्धान प्रक्रिया अघि बढाइने कार्यालय प्रमुख श्रेष्ठले बताए । ‘कसले के आधारमा किन खनेको भनेर हामीले वन समूहसँग सोधपुछ गर्छौ, दोषीलाई वन ऐन अनुसार आवश्यक कारवाही हुन्छ,’ उनले भने ।

गण्डकी प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयबाट विनियोजित पाँच करोडभन्दा बढी रकमबाट उक्त पुल बनेको हो । प्रदेशका पूर्व भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेतले आफू मन्त्री हुदाँ सो पुलका लागी बजेट विनियोजन गरेका थिए । जिल्लाको पूर्वाधार बिकास कार्यालय मार्फत पुल निर्माण कार्य अघि बढेको थियो । तर सडकनै नभएको ठाउँमा पुल बनाएको भन्दै मन्त्री बस्नेतको चौतर्फी आलोचना हुदै आएको छ । अख्तियारले छानविन पनि गरिरहेको छ ।

मन्त्री र कार्यालयको बचाउका लागी आलोचनालाई ढाकछोप गर्न पूवार्धार बिकास कार्यालयले हतार हतार सडक खन्न निर्माण कम्पनीलाई भनेपछि विना अनुमति वन क्षेत्रमा डोजर चलाइएको हो ।

पूर्वाधार बिकास कार्यालयले भने वन समूहसँग माइन्यूटीङ गरेर सडक खन्न शुरु गरेको दावी गर्दै आएको छ । यता वन समूह अध्यक्ष थापाले भने आफूहरुलाई जानकारी नभएको र बाटो खन्ने अनुमति नदिएको बताएका छन् ।

सडक नभएको ठाउँमा पक्की पुल बनाएको भन्दै आलोचित बनेका मन्त्री बस्नेतले आफू मन्त्री हुदाँ आफ्नै नीजि जग्गामा करिव ३३ लाखको लागतमा इन्भेस्टिगेशन डिप ट्युबवेल निर्माण गरेका छन् ।

राज्यको सम्पत्ति दुरुपयोग गर्दै आफ्नो जग्गामा ट्युबवेल बनाएको भन्दै उनी थप आलोचित हुदै आएका छन् ।

 

बुधबार, भदौ २९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.