२९ भदौ, गोरखा । गोरखा क्याम्पसमा अनुसन्धानमूलक जर्नलको बिमोचन तथा समिक्षा कार्यक्रम भएको छ । गोरखा क्याम्पस अनुसन्धान व्यवस्थापन एकाइद्धारा प्रकाशित सो जर्नलको वुधवार एक कार्यक्रमका बिच क्याम्पस प्रमुख रामशरण वानियाले बिमोचन गरेका हुन् ।
एकाईका अध्यक्ष एवं उपप्राध्यापक गुरु प्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा सहायक क्याम्पस प्रमुख केशवसिंह धामीले समीक्षा एवं टिप्पणी गरेका थिए । क्याम्पस स्थापनासंगै पहिलो पटक २०४३ सालमा क्याम्पस द्धारा प्रकाशित ‘नव किरण’ नामक पुस्तक हाल ‘द एजुकेटर जर्नल’ को नामले निरन्तरता पाएको छ ।
जर्नलमा विभिन्न विधामा अनुसन्धानमूलक लेखहरु रहेका छन् । जर्नलमा जिल्लाभित्र र वाहिरका २२ जना प्राध्यापकहरुको लेख समेटिएको छ ।
क्युएए प्राप्तिको अन्तिम चरणमा रहेको क्याम्पसले जर्नल प्रकाशन मार्फत प्राध्यापक तथा कर्मचारीहरुको अनुसन्धान र वृत्ति विकासमा सहयोग पु¥याउने उद्धेश्य राखेको क्याम्पसले जनाएको छ ।



































