Logo
×
मङ्गलबार, कार्तिक ११, २०८३
मङ्गलबार, कार्तिक ११, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

राजनीतिक स्वार्थले गिजोलियो पालिका केन्द्र विवाद

३१ भदौ, गोरखा । २०७४ सालको स्थानीय तह चुनावबाट निर्वाचित जनप्रतिनिधीको पाँच बर्षे कार्यकाल सकिएर दोस्रो निर्वाचन भइसक्यो । नवनिर्वाचित जनप्रतिनिधीले आफ्नो कार्यकालको सय दिन पार गरिसके ।

Advertisement

तर राज्य पुर्नसंरचनाको पाँच बर्ष बितिसक्दापनि जिल्लाका दुई स्थानीय तह (गण्डकी र सिरानचोक गाउँपालिका) अझै पनि केन्द्र विवादमै अल्झिरहेका छन् । राजनीतिक स्वार्थको कारण केन्द्र विवाद बल्झिएको सरोकारवाला बताउछन् ।

केही दिन अघि मात्र गण्डकी गाउँपालिकाले वडा नम्वर ६ स्थित तोमनडाँडामा मुख्य सेवा केन्द्र स्थापना गरेको छ । यसअघि भूम्लिचोकमा रहेको प्रशासकीय भवनबाट हुँदै आएको सम्पूर्ण काम अव तोमनडाँडाको सेवा केन्द्रबाट हुने गाउँपालिका अध्यक्ष दिपक तिमिल्सिनाले बताए । गाउँपालिकाको केन्द्र पनि सोही ठाउँ आसपास राख्ने निर्णय भइसकेको उनले जानकारी दिए ।

‘कार्यपालिकाको बैठकबाट सर्वसम्मत निर्णय गराएर तोमनडाँडामा मुख्य सेवा केन्द्र स्थापना गरेका हौ,’ उनले भने, ‘अव गाउँपालिका को केन्द्र पनि यतै आसपास हुन्छ ।’ यसमा सबै राजनीतिक दलहरुको प्रत्यक्ष अप्रत्यक्ष सहमती रहेको उनले दावी गरे । पालिकाको केन्द्र भूम्लिचोक निर्धारण भइसकेको गाउँपालिका पूर्व अध्यक्ष होम बहादुर राना बताउछन् । उनका अनुसार राज्य पुर्नसंरचना आयोगले २०७३ सालमा प्रकाशित गरेको राजपत्रमा गाउँपालिकाको केन्द्र वडा नम्वर ६ भूम्लिचोक रहने भनिएको छ ।

सोही अनुसार आफूहरुले भूम्लिचोक लाई केन्द्र निर्धारण गरी सेवा दिदै आएको उनी बताउछन् । तर अहिले केन्द्र सार्न खोज्नु नियमसंगत नभएको भन्दै उनले बिरोध जनाएका छन् ।

उनी भन्छन्, ‘स्थानीय सरकार संचालन ऐन २०७४ अनुसार पहिलो चुनाव भएको ६ महिनाभित्र साधारण बहुमत र ६ महिनापछि दुई तिहाइले निर्णय गरेर केन्द्र हेरफेर गर्न सक्ने भन्ने छ, तर पाँचबर्ष सम्म केन्द्र त्यही भयो, अहिले आएर उनीहरुले अन्यत्र सार्न खोजेका छन्, त्यो गलत हो ।’

यता नवनिर्वाचित गाउँपालिका अध्यक्ष तिमिल्सिना भने पहिलो चुनाव भएको ६ महिनाभित्रै बहमुतले वडा नम्वर ६ को भूगोल भित्र पर्ने गरी जुन ठाउँमा पनि केन्द्र राख्न सक्ने भनी गाउँकार्यपालिकाबाट निर्णय भएको बताउछन् । सोही निर्णय अनुसार केन्द्र सार्न लागिएको उनको भनाइ छ ।

केन्द्र विवादकै कारण पाँच बर्षमा पनि गाउँपालिका को प्रशासकीय भवन निर्माणको काम अघि बढ्न सकेको छैन । यसअघि भूम्लिचोकमा प्रशासकीय भवन निर्माणका लागी ठेक्का आव्हान भएको थियो । भवन निर्माणका लागी स्थानीयले ६ रोपनी जग्गा निशुल्क उपलब्ध गराइसकेका थिए । तर नवनिर्वाचित अध्यक्ष तिमिल्सिनाले उक्त ठेक्का रद्ध मात्र गरेनन् पालिकाको केन्द्र सार्ने निर्णय समेत गरे ।

तोमनडाँडा आसपास जग्गा उपलब्ध गराउन स्थानीयहरु तयार रहेको भन्दै उनले यो बर्ष प्रशासकीय भवन निर्माणको काम अघि बढ्ने समेत बताएका छन् । यसअघिका पालिका अध्यक्ष राना कांग्रेस निकट हुन् भने हालका अध्यक्ष तिमिल्सिना माओवादी केन्द्र निकट हुन् । उनीहरु बिचको राजनीतिक जुँगाको लडाईको प्रभाव पालिकाको केन्द्रमा देखिएको सरोकारवाला बताउछन् । केन्द्र विवादको प्रभाव पालिकाको बिकास निर्माणको काममा समेत देखिएको छ ।

यता सिरानचोक गाउँपालिकाको केन्द्र विवाद पनि अझै सुल्झिएको छैन । राज्य पुर्नसंरचना आयोगद्धारा प्रकाशित राजपत्रमा सिरानचोक गाउँपालिकाको केन्द्र वडा नम्वर ५ स्थित छोप्राकको मैदान रहने उल्लेख थियो । सोही अनुसार साविकको छोप्राक गाविसको भवनबाट पालिकाले सेवा प्रवाह गर्दै आयो ।

२०७७ साल साउन १ गते गाउँ कार्यपालिकाको बैठकले दुई तिहाइको बहुमतमा केन्द्र चित्रेपोखरी सार्ने निर्णय ग¥यो । सोही निर्णय प्रदेश मार्फत संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय हुदै मन्त्रीपरिषदमा पुग्यो । तर मन्त्रीपरिषदले निर्णय गर्न नपाउँदै केही व्यक्तिले गाउँकार्यपालिकाको दुई तिहाइ बहुमतले गरेको निर्णय बिरुद्ध सर्वाेच्च अदालतमा मुद्धा हाले । अहिले पनि उक्त मुद्धा बिचाराधिन अवस्थामा छ ।

गाउँपालिकाले हाल चित्रेपोखरीमा बिस्तारित सेवा कार्यालय स्थापना गरेर सेवा दिदै आएको छ । ‘पालिका केन्द्रको कार्यालय छोप्राकमै छ, मेरो कार्यकक्ष पनि त्यही छ, तर हामीले चित्रेपोखरीमा बिस्तारीत सेवा कार्यालय खोलेर पालिकाको सेवा दिइरहेका छौ,’ गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र गुरुङले भने । अदालतमा मुद्धा बिचाराधिन रहेको भन्दै उनले केन्द्र विवादबारे धेरै बोल्न चाहेनन् । अदालतको फैसलालाई आफूहरुले कार्यान्वयन गर्ने उनले बताए ।

चित्रेपोखरीमा प्रशासकीय भवन निर्माणका लागी स्थानीयले २३ रोपनी जग्गा गाउँपालिकालाई निशुल्क उपलब्ध गराइसकेका छन् । तर केन्द्रबारे निर्णय नआउँदा भवन निर्माणको काम पनि अघि बढ्न सकेको छैन । सिरानचोक गाउँपालिका अध्यक्षमा यसअघि पनि कांग्रेसकै उम्मेदवार बिजयी भएका थिए ।

कांग्रेस निकट केही व्यक्तिहरुले नै केन्द्र सार्न भनि गरिएको निर्णय बिरुद्ध सर्वाेच्च अदालतमा मुद्धा हालेका हुन् । पार्टीको आन्तरिक कलहका कारण सिरानचोक पनि केन्द्र विवादको शिकार बन्दै आएको छ । बिकास निर्माणका कामहरु पनि प्रभावित बन्दै आएका छन् ।

शुक्रबार, भदौ ३१, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.